आज लिटल आइडलको फाइनल हुँदै
विद्यार्थीमा रहेको विभिन्न किसिमका प्रतिभालाई उजागर गर्ने उद्धेश्यले सञ्चालित ‘लिटिल आइडल इलाम २०१५ मेगा ट्यालेण्ट एण्ड कल्चरल सो’ प्रतियोगिताको फाइनल कार्यक्रम (ग्राण्ड फिनाले) आज शुक्रबार सदरमुकामको गौतम बुद्ध सभागृहमा हुँदैछ । बिर्ता मिडिया डट कम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) क्षेत्रीय कार्य समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल कार्यक्रमको सबै तयारी पुरा भएको बिहीबार पत्रकार भेटकाट गरेर आयोजकले जानकारी दिए । खुला प्रतिष्पर्धात्मक कार्यक्रमको पहिलो अडिसनमा ११४ जना विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । पहिलो अडिसनबाट ६१ जना विद्यार्थी छनौट गरिएको थियो । छनौट भएका विद्यार्थीलाई २५ दिन बन्द प्रशिक्षणमा राखिएको थियो ।  आजको ग्राण्ड फिनालेमा प्रतिष्पर्धी ६१ विद्यार्थीसहित अन्य विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गर्नेछन् । प्रशिक्षणमा ब्यक्तित्व विकासका लागि जिल्ला शिक्षा अधिकारी टङ्क गौतम, प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाट, पत्रकार धर्म गौतम, पूर्ण गौतम, गायक कोमल निरौला, कमल निरौला लगायतले प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय कलाकार समेत सहभागी हुने फाइनल कार्यक्रममा पाँच विद्यार्थी उत्कृष्ट घोषित हुनेछन् । कार्यक्रममा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले पाँच हजार रुपैयाँ नगद सहति अन्य पुरस्कार पाउनेछन् । उत्कृष्ट विद्यार्थीलाई विद्यालयको तर्फबाट छात्रबृत्ति समेत उपलब्ध गराउने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment