स्पेनिस क्लब बार्सिलोनाका स्ट्राईकर लियोनल मेसी चोटका कारण करिब दुई महिना मैदान बाहिर हुने भएका छन् । गएराती लस पाल्मासबिरुद्धको खेलमा घुडामा चोट बोकेका मेसी ७ देखी ८ हप्ता मैदान बाहिर रहने क्लबले जनाएको छ ।
पाल्मासका डिफेन्डर पेड्रो विगासको ट्याकलमा तेस्रो मिनेटमै चोट बोकेका मेसीले खेलको १० औ मिनेटमा मैदान छाडेका थिए । सो खेल बार्सिलोनाले २–१ ले जितेको थियो । बार्साकालागि दुवै गोल लुईज सुआरेजले गोल गरे ।
0 comments:
Post a Comment