कोल्बुङमा ट्रक दुर्घटना, घट्ना शंकास्पद

 कोल्बुङमा ट्रक दुर्घटना, घट्ना शंकास्पदमेची राजमार्ग अन्र्तगत इलामको कोल्बुङ–झापा सडक खण्डमा बिहीबार राति एउटा ट्रक शङ्कास्पदरुपमा दुर्घटना भएको छ ।
कोल्बुङ–१ भेढेढुङ्गा भन्ने स्थानमा राति भएको दुर्घटनाबाट कुनै मानवीय क्षति भएको हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले सन्दकपुरकर्मीलाई जानकारी दिएको छ । ना३ख ४३४१ नम्बरको ट्रक सडकबाट करिब ९०० मिटर तल खोल्सामा झरेको छ । केहि वर्ष अघि इलामकै कोल्बुङ–९ भालुझोडामा पनि रातको समयमा यसरी नै सवारीसाधन दुर्घटना भएको थियो । सवारीसाधन दुर्घटनाको आवाज सुनेर उद्धारका लागि स्थानीयवासी जाँदा कोही पनि मानिस नभेटिने गरेकाले नियोजित तरिकाले थोत्रा सवारी लडाएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन् । बिमासम्बन्धी दाबीका लागि तथा आपसी विवादको कारण पनि नियोजित तरिकाले ट्रक लडाएको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् । ट्रक खसेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली त्यसतर्फ गएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए । दुर्घटना भएको ठाउँमा चालक तथा सहचालक नभेटिएकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सन्दकपुर बाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment