वैदेशिक रोजगारीका लागि साउदी अरब आइपुगेका इलामका एक युवा अलपत्र परेका छन् । २८ महिना अघि साउदी अरब आएक मंगलबारे–१ इलामका ४० वर्षीय नरबहादुर लिम्बु ७ महिनाको तलब पाउन नसक्दा यतिबेला साउदी अरबमा अलपत्र परेका हुन् । काम गरेको तलब पाउन नसक्दा नरबहादुर अहिले अन्य नेपालीहरुको आश्रयमा बस्न बाध्य भएका छन् ।
काठमाडौंको मसारिक ओभरसिजबाट ८० हजार रुपैयाँ तिरेर २ वर्षे करारमा अल समख अल सरकी कम्पनीमा लेवर भिसामा साउदी आएका लिम्बुले मुस्किलले १८ महिनाको तलब पाए पनि पटक पटकको गरी ७ महिनाको तलब पाउन नसकेका हुन् । काम गरेको पारिश्रमिक पटक पटक माग्दा पनि मालिकले आफूलाई पारिश्रमिक उपलब्ध नगराएको पीडित लिम्बुले बताए । काममा लागेदेखि नै कम्पनीले महिनैपिच्छे तलब रोक्ने गथ्र्यो, उनले भने तलब पाउने आशामा काम गर्दागर्दै तलब नपाएको ७ महिना पूगिसक्यो तर तलब पाउन सकेका छैनन् ।
तलब नपाएपछि १ वर्ष अगाडि काठमाडौंको मेनपावर कम्पनीलाई टेलिफोन गरे पनि उक्त मेनपावरसँग टेलिफोन सम्र्पक हुन नसकेको लिम्बुले बताए । २ वर्षे करार अवधी सकिए पनि पारिश्रमिक पाउने आशामा लिम्बुले अवैध कामदारकै रुपमा भए पनि उक्त कम्पनीमा काम गरिरहेका थिए । दैनिक ८ घण्टा काम गर्ने सम्झौतामा आएको भए पनि दैनिक १२ घण्टा खट्नुपर्ने उनले दुखेसो पोखे । ‘चार महिना अगाडि करार अवधी सकिएपछि मैले घर जान्छु भन्दा घर जान पनि दिएन, अहिले नत मसँग पासपोर्ट छ न ईकामा (साउदी आवासीय अनुमति पत्र) नविकरण गरिदिएको छ, म त निकै अप्ठ्यारोमा फसेको छु,’ उनले सहयोग गरिदिन याचना गरे ।
ईकामा नविकरण नभएकै कारण केही महिना अगाडि आफूलाई पुलिसले समातेर जेलमा लगेको र कम्पनी मालिकले जेलबाट निकालेको उनले बताए । तर ईकामा नविकरण नगरिदिएको र तलब पनि नदिएको उनले बताए ।
३ महिना अगाडि लिम्बु कार्यरत कम्पनीको काम एकाएक बन्द भएपछि त उनी झन् ठूलो समस्यामा परेका छन् । एकातिर २ वर्षे करार अवधी सकिनु अर्कोतिर काम गरेको पारिश्रमिक नपाउनु लिम्बुको लागि बज्रपात जस्तै भएको छ । पारिश्रमिक नपाएका कारण आफू अलपत्र हुनुपरेको विषयमा साउदीस्थित नेपाली दुतावासलाई गत महिना जानकारी गराएको उनले बताए ।
लिम्बुका अनुसार दुतावासले १ साता भित्र समस्या समाधान गरिदिने आश्वासन दिएको छ । ठूलो समस्यामा परेका कारण आफू प्रत्येक साताको हरेक शुक्रबार दुतावासमा सहयोगको याचना गर्न जाने गरेको उनले बताए । पीडित लिम्बुले भने, ‘घरको तनाब एकातिर छ, तलब नपाएको तनाब अर्कोतिर छ त्यसमाथि कम्पनीको काम नै बन्द हँुदा त, अलपत्र परेको छु । न त घर जान मिल्छ, ७ महिनादेखिको तलब पाउन नसक्दा न दाम न काम, खाली हात बस्नुपरेको छ ।
पीडित लिम्बुको सहयोगका लागी गैरआवासीय नेपाली संघको दमाम स्थानीय समितिले पहल गरिरहेको समितिका अध्यक्ष बालकृष्ण पंगेनीले बताए ।
सन्दकपुर दैनिक बाट

0 comments:
Post a Comment