चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प, सुनामी आउने चेतावनी

 दक्षिण अमेरिकी देश चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले धेरै भवनहरुमा क्षति पुर्‍याएको बीबीसीले जनाएको छ । भूकम्प चिलीको राजधानी सेनटियोगोदेखि दुई सय ४६ किलोमिटरको दूरीमा रहेको उत्तर(पश्चिम तटीय क्षेत्रलाई केन्द्र विन्दु बनाएर स्थानीय समय अनुसार सात बजेर ५४ मीनेट जाँदा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।
भूकम्पको सतहदेखि १० किलोमिटर भित्र केन्द्र रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पमा परी एक जनाको मृत्यु भएको खबर आए पनि क्षतिको यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने पेसेफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ । उक्त इलाकाको वालपरासियो पोर्टमा सुनामीको सूचक घन्टीको आवाज आइरहेको छ भने सो क्षेत्रमा रहेका इलाकाका बस्तीहरु खाली गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment