भैरहवा नाकामा झडप, आन्दोलनकारीद्वारा भारतीय भूमीबाट ढुंगामुढा

Bhairahawa-Jhadap

 भैरहवाको बेलहिया नाकामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बिहान केही मालबाहक गाडी नाका हुँदै भित्रिएपछि बेलहियाको दशगजा क्षेत्रमा रोक्न गएका मोर्चाका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोजेपछिे झडप भएको हो ।
प्रहरीको हस्तक्षेप पछि भारतीय भूमीमा प्रवेश गरेर आन्दोलकारीले ढुंगामुढा गरेका थिए । अहिले स्थानीय र आन्दोलनकारीबीच ढुंगा हानाहान भएको छ । आन्दोलनकारीले दशगजा क्षेत्रबाट नेपाली भूमिमा ढुंगा हानेका छन् । आक्रोशित स्थानीयले पनि घरको छतबाट प्रदर्शनकारीमाथि ढुंगा हानेर प्रतिकार गरेका छन् ।
प्रहरीको हस्तक्षेपपछि केही आन्दोलनकारी भारतीय भूमीतर्फ भागेका छन् भने केही नेपालतर्फनै प्रवेश गरेका छन् । अहिले नाकामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
बिहान बेलहियाबाट ३ वटा मात्र मालबहाक गाडी नेपाल आएका थिए । झडपपछि भारतीय सुनौली भन्सारले मालबाहक गाडी छोड्न थप कडाइ गरेको छ ।अनलाईन खवरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment