सुन्दर भए दोस्रो इलाम तारा

दोस्रो इलाम ताराको उपाधि सुन्दर लिम्वुले हात पारेका छन् । उनले उपाधिसँगै नगद २५ हजार र दुईवटा गित आउने अवसर प्राप्त गरेका छन् । इलाम सदरमुका स्थित गौतमबुद्ध सभागृहमा भएको प्रतियोगिताका जुनु प्रसाई दोस्रो , प्रनिता राई तेस्रो भएका थिए । भावना राई र आशिष लिम्वु क्रमशः चौथो र पाँचौँ भएको निर्णयाक समितिका देवि गौतमले जानकारी दिए । शनिवार उत्कृष्ठ पाँच प्रतिष्प
र्दीले आफ्नो कला र गला प्रदर्शन गरेका थिए । प्रतियोगितामा देवीप्रसाद गौतम, बलराम समाल, राजेश चाम्लीङ, नन्दकुमार श्रेष्ठ र जेनिस लामाले निर्णायकको भुमिका निर्वाह गरेका थिए । क्रिएटिभ योङ म्युजिक डेब्लोमेन्ट अर्गनाइजेसन इलामले आयोजना गरेको प्रतियोगितामा जिल्लाका एक सय दुई जनाले सहभागिता जनाएका थिए । इलाम सदरमुकाम र सुर्योदय नगरपालिकाको फिक्कलमा पहिलो चरणको अडिसन भएको थियो । २०६५ सालमा भएको पहिलो इलाम तारालाई निरन्तरता दिदैँ दोस्रो संस्करणको प्रतियोगिता भएको आयोजक डेब्लोमेन्ट अर्गनाइजेसनका संयोजक रोशन राइले जानकारी दिए ।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment