केपी ओली प्रधानमन्त्रीमा निर्वाचित

२४ असोज, काठमाडौंं । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनले बहुमतका आधारमा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनले ३३८ मत पाएका छन् ।
ओलीले एमालेका १८३, एमाओवादीका ८३, राप्रपा नेपालका २५, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १२, मालेको ५ र नेमकिपाको ४ मत पाएका छन् । राष्ट्रिय जनमोचा, नेकपा संयुक्तसहितका दलले पनि ओलीलाई समर्थन गरेका छन् ।
Kp Oli becomes New prime minister of nepal
ओलीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस सभापति सुशील कोइरालाले २४९ मत पाएका छन् । कांग्रेसको पक्षमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र केही साना दलले मात्र मत दिएका छन् । मतदानमा ५८७ सभासद सहभागी भएका थिए । अनलाईन खवरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment