तीन उपप्रधानमन्त्रीसहित केही मन्त्री आज


फोटो :फाइल फोटो


काठमाडौं: नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न राष्ट्रपति डा. रामवरण यादवसँग पद तथा गोपनीयताको शपथ लिँदैछन् । सोमबार नै ओलीले तीन उपप्रधानमन्त्री र केही मन्त्रीलाई शपथ दिनेछन् ।
 
उप्रप्रधानमन्त्रीमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा वा सचिव टोपबहादुर रायमाझी (गृह), राप्रपा नेपालका अध्यक्ष कमल थापा (परराष्ट्र) र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार (भौतिक पूर्वाधार तथा यातायात) ले शपथ लिने स्रोतले जानकारी दियो ।
एमाले उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव विष्णु पौडेललगायत नौ मन्त्री एमालेबाट बन्ने भएका छन् । सोमबार बिहान एमाले स्थायी समितिले यसको निर्णय गर्दैछ । 
 
एमाओवादीले गृहसहित आठ मन्त्रालय पाउनेछ । एमाओवादीबाट अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेललगायत आठजनाले मन्त्री पद पाउनेछन् । 
 
राप्रपा नेपालले परराष्ट्रसहित तीन, फोरम लोकतान्त्रिकले भौतिक पूर्वाधार र यातायातसहित दुई मन्त्रालय पाउनेछन् । राप्रपाले दुई र नेकपा मालेले एकसहित केही साना दलले समेत मन्त्रालय पाउने सहमति भएको छ । 
 
ओली स्रोतका अनुसार सोमबार सातदेखि नौ सदस्यीय मन्त्रिपरिषद् बन्नेछ । एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सोमबार बिहान पार्टी पदाधिकारी बैठकले मन्त्रीहरू टुंग्याउने बताए ।
- See more at: http://annapurnapost.com/News.aspx/story/20475#sthash.jLtIWx3S.dpuf
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment