इलाममा नोटको चरम अभाव

इलाममा दशैँ सँगै नयाँ तथा पुराना नोटको अभाव भएको छ । इलाममा रहेका वैंकहरुमा नोटको अभावको कारणले ५० हजारमाथिको पैसाको पेमेन्ट गर्न सकेकाछैनन साथै मनिट्रन्स्फरहरुले २०देखी ३० हजार मात्र पैसा दिने गरेको छ इलाममा रहेको नेपाल राष्ट्र वैैंकले नै ५० हजार भन्दा माथिको चेकको भुक्तानि दिने अवस्था नरहेकोले गर्दा इलाममा रहेका अन्य वैंकहरुले भोली बाट पैसा भुक्तानिका लागि समस्या पर्ने जानकारी गराएका छन । मदेश आन्दोलन भारति नाकावन्दीको कारणले गर्दा पनि वैंकहरुमा पैसाको अभाव भएको हो । इलामका वैंकहरुमा अहिले सम्म नयाँ नोट अएको छैन हिन्दुहरुको महान चाड विजय दशमीको मुखमा यसरी नोट अभाव भएपनि इलामवासीलाई ठुलो समस्या परेको छ । सरकारी तथा निजि कार्यलयहरुले तलव वितरण गर्न पाएका छैनन । यसले गर्दा किनमेलमा पनि असर परेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment