१ कात्तिक २०७२, इलाम
पुर्वी पहाडका उत्कृष्ट २० सहकारीहरुलाई द ब्लुबेरी हिल च्यारिटेबल ट्रष्टले एक एक थान कम्प्युटर प्रदान गरेको छ । ट्रष्टले महिला जागरण संघ इलामको समन्वयमा एक कार्यक्रमको आयोजना गरि सफल परियोजना मार्फत प्रवद्र्धन गरिएका ति सहकारीहरुलाई एचपीको ब्राण्डेड कम्प्युटर प्रदान गरेको हो । इलाम, पाँचथर र ताप्लेजुङमा दुई बर्ष समृद्ध पहाड परियोजना र दुई बर्षसम्म सफल परियोजना सञ्चालन गरेको ट्रष्टले इलाम र पाँचथरमा महिला जागरण संघ र ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्चसँग साझेदारी गरि परियोजना सञ्चालन गरेको थियो । यसैगरि महिला जागरण संघ इलामले सोहि कार्यक्रममा इलामका १७ वटा सहकारीहरुलाई एक एक थान स्टिल दराज वितरण गरेको छ । कम्प्युटर र स्टिल दराज पाउनेमा जिल्ला विकास समितिका ७ वटा साझेदार सहकारी पनि परेका छन् । वितरण कार्यक्रममा प्रमुख आतिथ्यता गरेका डिभिजन सहकारी कार्यालय इलामका सहकारी निरिक्षक उमेश ढकालले सफल परियोजनाको अन्त्यमा सहकारी संस्थाले पाएको यस्ता भौतिक सहयोगले सहकारीताको संस्थागत विकासमा सहयोग पुग्ने बताए । कार्यक्रममा स्थानीय विकास कोष जिविस इलामका प्रेम पाण्डे, उद्योग बाणिज्य संघका अध्यक्ष शुशिला सापकोटा, महिला तथा बालबालिका कार्यालय इलाम भगवती घिमिरे, घरेलु तथा साना उद्योग विकास कार्यालयका नवराज दाहाल, महिला जागरण संघ इलामका कार्यक्रम निर्देशक योगेन्द्रमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष विष्णु दहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 comments:
Post a Comment