आपूर्ति मन्त्री कालोबजारी नियन्त्रणमा असक्षम सावित

माइक्रो चालकका अनुसार मुस्किलले भैरहवाबाट ल्याइएको तेल मंगलबार बिहान सवारी साधन सञ्चालकहरुले वितरण गरेका छन्, जसबाट अब केही दिन कपन(रत्नपार्क चल्ने गाडीको समस्या समाधान हुनेछ ।
नेपालमा आयल निगम पेट्रोलियम पदार्थको आधिकारित बिक्रेता हो । तर, तराईबाट उपत्यकाबासीका लागि ल्याइएको तेल र ग्यास निगमकै हाकिमहरुको मिलेमतोमा सर्वसाधारणसम्म नपुग्दै तस्कर र कालोबजारियासमक्ष पुग्ने गरेको छ । त्यसैले निगमको पेट्रोल पम्पमा तेल पाइँदैन, तर बाहिर महंगोमा किन्न पाइन्छ ।
एपली ग्यासचाँहि जति पनि राजधानीमा भित्रिन्छ, निगमका कर्मचारी र सरकारी हाकिम अनि नेताहरुको सोर्सफोर्समा पाँचतारे होटल र ठूलाबडाकहाँ पुग्छ, लाइनमा बस्ने सर्वसाधारणले रित्तै सिलिण्डर घर फर्कनुपर्छ । उता तराईमा भने पूर्वपश्चिम राजमार्गमा समेत पानी बेच्न बसेजसरी मानिसहरुले खुल्ला रुपमा तेल बेचिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
‘सुनसरीको भण्डाबारी र सप्तरीको भारदहतिर बाटाबाटामा तेल किन्न पाइन्छ,’ पूर्वबाट राजधानी आएका एक यात्रुले भने,’ ‘बिराटनगरको सीमानाका आसपास त मोटरसाइकल चढ्ने मान्छेलाई तेल(तेल भन्दै बोलाएको पनि देखियो ।’ तराई मधेसका जिल्लाहरुमा यतिबेला सरकारको आधिकारिक निकाय आयल निगम पूरै निकम्बा देखिइसकेको छ । र, तेलको व्यापार कालो बजारियाका हातमा पुगिसकेको छ । तर, अब राजधानीमा पनि यस्तो स्थिति देखिएको छ । काठमाडौंमा तेलको अभाव छैन, तर तस्करका हातमा छ ।
काठमाडौंका खाली सिलिण्डरसमेत भैरहवामा भरेर ल्याइदिने आश्वासन समेत तस्करहरुले उपत्यकाका सर्वसाधारणलाई दिन थालिसकेका छन् । काठमाडौंमा भित्रिएका तेल र ग्यासका ट्यांकर एवं बुलेट कता गायव भए भन्ने हिसाब सरकारी अधिकारीहरुले दिन सकेका छैनन् ।
भारतको मुख्य नाका वीरगञ्जमा अवरोध गएता पनि काँंकडभिट्टा, जोगवनी, भैरहवा तथा पश्चिमा कैयौं नाकाहरुबाट देशमा फाट्टफुट्ट तेल र ग्यास आइरहेको छ । तर, आयल निगम आफैंले तेल आएको छैन भन्दै तस्करसँग मिलेमतो गरी भारतले नाकाबन्दी गरेको र चीनबाट तेल ल्याइने भन्दै रातारात कमाउ धन्दा सुरु गरेको स्रोतको दाबी छ ।
गैरपेट्रोलियम पदार्थमा पनि ब्रह्मलुट
नाकाबन्दीको कारण देखाउँदै तस्कर र आयल निगमले सहकार्य गरी जनतामा लुट मच्चाइरहे पनि नाकाबन्दीले नछुने अन्य बस्तुको पनि देशैभरि अत्यधीक मूल्यवृद्धि गरिएको छ ।
देशभरि भइरहेको कालोबजारीलाई हेर्दा यो देशमा सरकारको उपस्थिति नै नरहेको जस्तो देखिएको छ ।
आपूर्तिमन्त्री कता गए ?
वाइसिएलका केन्द्रीय अध्यक्षसमेत रहेका आपूर्तिमन्त्री गणेशमान पुन यतिबेला अर्ध भूमिगतजस्तै बनेका छन् । उनी तेल व्यापारीको साथ लागेर हङकङ गएको पत्तो लागे पनि मन्त्रालयका अधिकारी एवं यनका निजी सहयोगीहरुलाई सोध्दा जानकारी दिन मान्दैनन् ।
देशमा आपूर्ति व्यवस्था तहस(नहस भएका बेला मन्त्री यसरी देशवासीलाई सूचना नै नदिई अलप हुनुले उनको गैरजिम्मेवारीपन झल्किएको छ । मुलुकले असहज परिस्थिति झेलिरहेका बेला आफूर्ति मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा कहाँ गएको भन्नेसम्म जनतालाई जानकारी नगराई मन्त्रीको विदेश भ्रमणले कालो बजारियाहरुलाई स्वर्णयुग आएजस्तै भएको छ अहिले ।
बजारमा यतिबेला विगतमा कहिल्यै नभएको लुटतन्त्र मौलाएको छ । यस्तो बेलामा आपूर्ति मन्त्री, उनको मन्त्रालय, वाणिज्य विभाग र आयल निगम पूर्णरुपमा असक्षम र निकम्बा सावित भएको छ ।
अनलाईन खवरबाट
0 comments:
Post a Comment