नेपालको अहिलेको अवस्था हेर्दा देशमा कुनै सरकार छैन देश तस्करहरुले चलाएका छन जस्तो देखिएको छ । यो अवस्थासम्म आईपुग्नुमा सबै भन्दा ठूलो हात भनेको भारतीय नाकाबन्दी हो । नेपाल माथि भारतले आधिकारीक रुपमा घोषित नाकाबन्दी नगरे पनि आंशिक अघोषित नाकाबन्दी भने गरेको हो । यसका पनि भारतका आफ्नै तर्कहरु छन् । भारतका भाजपाको नेताहरुको बोली सुन्दा त नेपालमा उनीहरुले भारतीय उपनिवेश लाद्न खोजेजस्तो देखिन्छ तर भारतले आधिकारिक रुपमा नेपालको तराई आन्दोलनले परिस्थिति असहज भएकाले सामान ढुवानीमा समस्या आएको भन्दै आएको छ । एक प्रकारले सोच्ने हो भने भारतको कुरा गलत भन्न पनि सकिदैन किन कि हाम्रा राजमार्गहरु कहाँ सुरक्षित छन् ? मधेसी मोर्चाका कार्यकर्ताले कहिले जिउँदै मानिस जलाउने त कहिले एम्वुलेन्समा रहेका बिरामीलाई रोकेर राखेर त्यही मृत्यु हुन सम्म बाध्य बनाएका घटना नआएका होइनन् । भारतबाट आएको औषधीको गाडी जलाएका उदाहरण पनि छन् । यस्तोमा नेपाल सरकार के हेरेर बसेको छ त्यो कसैलाई थाहा छैन । सरकारले नेपाली जनतालाई उल्लु बनाएर खोक्रो राष्ट्रियताको नारा अगाडी सारेका छ, जसको कारण जनता भने भारत विरुद्ध खनिएका छन । के यो सहि छ त ?
एक प्रकारले हेर्ने हो भने यो सहि पनि हो सबैले देखेको नाकाबन्दी भारतले गरेको हो, भारतबाट सामान नआएकाले देशमा हाहाकार मचिएको हो । अहिले नेपालमा कुनै पनि शहरमा मानिसहरु सुविस्ताले खान पाएका छैनन् गाउँ गाउँमा अभाव छ त्यसले गर्दा पनि यसको कारक पनि भारत देखिएको छ र भारत विरुद्ध जनता खनिनु स्वभाविक पनि हो तर यो समस्याको सामाधानको लागि नेपाल सरकारले अहिले सम्म के के काम ग¥यो त ? कुनै कुटनैतिक प्रयास गरेको छ त कुनै पनि पहल गरेको छैन सरकारमा बसेर भारत विरुद्ध चर्को अलोचना गर्दा एक दुई दिनलाई जनता बिच लोकप्रिय त भए होला अब त्यसरी चल्दैन किन कि यो समस्या भारतले मात्र गरेको होइन यदि गरेको हो भने पनि यत्रो दिनमा नेपालसँग धेरै विकल्पहरुबाट आपुर्ति सहज भई सक्थ्यो किन कि नेपालसँग धेरै विकल्प छन् । नेपालको सहज विकल्प चीन पनि हो तर चीनले पनि कुनै स्वार्थ बिना किन आपुर्ति सहज बनाउने भन्ने कुरा अघि सार्न सक्छ नत्र भने नेपालको लागि उसको तातोपानी नाका अहिले सम्म किन खोल्दैन र जुनसुकै बेला पनि उसले केरुङ नाका मात्र अघि सार्छ त ? यसको पछाडी के कारण छ ? किन चीनसँग इन्धन आपुर्तिको सम्झौता गर्न जाँदैन त नेपाल सरकार ? नेपाल सरकारले कुनै पनि विकल्पको अहिले सम्म प्रयोग गरको छैन र गर्दैन ।
बंगलादेशले आफ्नो फुलबारी बन्दरगाहा नेपाललाई प्रयोग गर्न दिन्छु नेपालले जहाँबाट सामान ल्याएपनि हाम्रो भुमि प्रयोग गरेर नेपालले सामान ओसारपसार गर्न सक्छ भनेर बारबार भनि रहेको छ । किन यसमा नेपाल सरकार कानमा तेल हालेर वसेको छ त ? नेपाल सरकारसँग विकल्प यति धेरै छन तर सरकारले यसको प्रयोग गर्न चाहेको छैन यसको कारण के हो त ? हुन सक्छ उ भारतसँगको सम्बन्ध बिगार्न चाहदैन । तर यो पनि हैन उसले त भारतसँगको सम्बन्ध बिगारी सकेको छ यस्तोमा नेपालको बाधक बनेको छ तराई मधेस आन्दोलन । यो आन्दोलन कसको इसारामा भएको हो त यसमा पनि धेरै कुरा आउन सक्लान । मधेस आन्दोलन धेरैको बुझाई छ भारतको इसारामा भएको हो । तर यो आन्दोलान भारतको इसारामा मात्र भएको होइन । भारतले त आपुर्ति बन्द गर्ने एउटा बाहाना मात्र बनाएको हो ।
नेपालमा यो समस्याको उदय कहाँबाट भयो भने जब भारत र चीन बिच लिपुलेक व्यापारिक सम्झौता भयो त्यहाँबाट नेपालमा समस्या शुरु भयो । लिपुलेक नेपाल, भारत र चीनलाई छोएको भु–भाग हो, जुन ठाउँको प्रयोग गरेर भारत र चीनले व्यापार गर्ने सम्झौता भयो र यसबाट भारत र चीनको अर्थतन्त्रमा सोझो असर पर्ने भयो । भारत र चीनको राजनीति कहिले पनि कुनै विन्दुमा नमिल्नेमा कुनै दुई मत छैन तर व्यापार भने मिल्छ र व्यापारिक सम्झौता हुन्छ चीनले उत्पादन गरेको वस्तुको ठूलो बजार बन्न सक्छ भारत । यसबाट चीन र भारतको आर्थिक अवस्था अझ सवल हुन जान्छ र भविष्यमा नेपालको बाटो भएर भारत चीनको व्यापार हुन सक्छ त्यसको फाईदा नेपाललाई पनि हुन्छ । यस्तो भएमा विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर देखिने छ र यसको असर अमेरीकी र युरोपियन अर्थतन्त्रमा पर्नेछ । जब दक्षिण एसियाको अर्थतन्त्र सबल हुनेछ तब युरोप र अमेरीकाको अर्थतन्त्रमा ह््रास आउने छ । विश्वको अर्थतन्त्रसँग अहिले एक्लो चीनले प्रतिस्पर्धा गरिरहेको छ । यदि त्यसमा भारत पनि मिल्ने हो भने विश्वको अर्थतन्त्रमा अमेरीका र युरोपको पकड हराउने छ ।
नेपालमा समस्या अउनुका करण पनि यहि हो । नेपालमा जतिपनि अमेरीकी र युरोपियन आईएनजीओ छन तिनीहरुले नेपाल बारे जासुसी गरेर नेपाल भारत अनि चीनको सम्बन्ध बारे जानकारी निकाल्छन । नेपालमा आएका यी आईएनजीओहरुले आफ्नो बजेटको ७० प्रतिशत बजेट प्रशासनिक खर्चमा लगाउँछन र ३० प्रतिशते मात्र काम गर्ने गरेका छन् । यसले नेपालको विकासमा कुनै पनि खुड्किलो थपिने वाला छैन् । उनिहरुको काम भनेको थोरै मानिसलाई जागिर दिएर आफ्ना देशका नागरिक पठाएर जासुसी गर्नु हो ।
जब भारत र चीन बिच व्यापारिक सम्झौता भयो तब उनिहरु पनि आतिए । यसै क्रममा नेपालमा संविधान जारी भयो संविधान जारी पछि उनीहरुले राम्रो अवसर पाए नेपाललाई माध्यम बनाएर भारत र चीन बिचको सम्बन्ध बिगार्ने । जब भारत नेपालसँग रुष्ट भएर चीनसँग सम्बन्ध अगाडी बढाउँछ तब चीन र भारतको सम्बन्ध बिग्रन्छ । त्यसैले पनि यो परिस्थिति नेपालमा स्थापना भएको हो तर नेपालका राजनीतिक दलहरुले यो कुरा कहिले बुझेनन कि त यो कुरा बुझेर पनि बुझ पचाएका हुन् । नेपाल अहिले चेपुवामा परेको छ । नेपाली नेताहरु पनि यसको समस्यामा कुनै ध्यान दिएका छैनन् ।
नेपालको समस्याको समाधान भने पहिलो त मधेस आन्दोलनको राजनीतिक समाधान हो कि यो आन्दोलनलाई दबाउने हो नेपालको संविधानलाई लागु गर्ने हो तर सरकार त्यो काममा पनि लागेको छैन । यसले के स्पस्ट हुन्छ कि सरकारले समस्याको समाधान गर्न खोजेको छैन । अर्को कुरा के यो आन्दोलनलाई कतै कांग्रेस, एमाले र माओवादीको पनि सर्मथन भित्रैबाट छैन? भन्ने शङ्का पनि लाग्न थालेको छ । यदि उनीहरुको सर्मथन छैन भने उनीहरुका नेताहरु किन आफ्ना नेताहरुलाई आफ्नो चुनाव क्षेत्रमा पठाएर समस्याको समाधान खोज्दैनन ? त्यसैले यो विकल्प पनि नेपाल सरकारले अपनाउन नखोजे जस्तो देखिन्छ ।
दोस्रो विकल्प चीनबाट सामान आपुर्ति गर्ने । तर यो विकल्प पनि त्यति सजिलो भने छैन किनकी नेपालका चीनसँगका नाका सहज छैनन् र चीनबाट इन्धन आपुर्तिगर्दा मुल्यमा महँगो हुनेछ र नेपाली जनतालाई भार पर्ने छ । यो विकल्पको प्रयोगबाट भारत र चीनको सम्बन्ध बिग्रिने छ । अमेरीका र युरोपलाई फाईदा हुने छ र उनीहरु आफ्नो ‘प्लान’मा सफल हुनेछन् ।
तेस्रो र उत्तम विकल्प हो तेस्रो मुलुकबाट ल्याउनु । यसको लागि हामीले बंगलादेश अथवा कुनै पनि अर्को तेस्रो मुलक प्रयोग गर्नु । यसबाट हामीलाई पनि फाईदा हुन्छ र भारत र चीनलाई पनि फाईदा हुन्छ । त्यसमा अमेरीकी र युरोपनियन देशहरुको चाल पनि असफल हुन्छ । तर यसको लागि हामीलाई भारतले बाटो दिन बाध्य हुन्छ र नेपालीको राष्ट्रिय प्रेम पनि सफल हुन्छ । यो सहज पनि छ । किनकी बंगलादेशले नेपालको लागि फुलबारी बन्दरगाहामा ठाउँ दिने कुरा पनि गरिसकेको छ । नेपालले चाहने हो भने बंगलादेशको भुमि प्रयोग गरेर आफ्नो देशमा आपुर्ति सहज हुने देखिन्छ ।
0 comments:
Post a Comment