जाडोमा विद्यार्थीलाई स्विटर


इलाम, इलाम नगरपालिका ८ स्थित घोषमा रहेको देवकोटा प्राथमिक विध्यालयका विद्यार्थीलाई सहयात्रा नेपालले सोमबार जाडोमा लागाउने स्विटर वितरण गरेको छ । एक औपचारिक कार्यक्रम नै गरेर ३५ जना विद्यार्थीलाई एक/एक थान स्विटर वितरण गरिएको थियो । विद्यालय ब्यवस्थापन समिति उपाध्यक्ष दिर्घवहादुर रायको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी राम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रोत ब्यक्ति जय भण्डारी, विनि राधिका घिमिरे, सहयात्रा नेपालकी संयोजक गंगा शिवा, अभिभावक लगायतको उपस्थिती रहेको थियो । प्रधानाध्यापक सरोज कन्दङ्वाले सञ्चालन गरेको कार्यक्रममा शिक्षिका डालाकुमारी कार्की विष्ठले उपस्थितलाई स्वागत मन्तब्य सहित स्वागत गरेकी थिइन् । एक वर्ष अगाडी इलाममा स्थापना भएको सहयात्राले यस अघि पनि बाल मण्डलका दृष्टिबिहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको थियो । सोहि अवसरमा विद्यालयले हाजिरी जवाफ÷हिज्जे प्रतियोगिता समेत गरेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहलाई पुरस्कार र शैक्षिक सामग्री वितरण गरिएको थियो ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment