​बिराटनगर र अमलेखगञ्ज डिपो इन्धनले भरिए

नेपाल आयल निगमको विराटनगर र अमलेखगञ्ज डिपोको भण्डारण क्षमता इन्धनले भरिएको खुलेको छ । भारतको अघोषित नाकाबन्दीपछि आयात भएको पेट्रोलिमय पदार्थ मध्ये ६० प्रतिशत राजधानी पठाउनु पर्ने गृहमन्त्रालयको बाध्यकारी निर्देशनको पालना गर्दै मेचीवाट हिडेका आठवटा पेट्रोलियम बोकेका ट्यांकर मध्ये २ वटालाई विराटनगर र अमलेखगञ्ज डिपोले भण्डारण क्षम
ता भरिएको भन्दै पोखरा डिपोमा पठाएपछि यसको रहस्य खुलेको हो ।
पूर्वाञ्चल ट्यांकर सञ्चालक इकाईका उपाध्यक्ष तोकप्रसाद दुलालका अनुसार काठमाडौंका लागि पेट्रोलियम पदार्थ लिएर विहीवार मेचीवाट हिडेका ८ वटा ट्यांकर मध्ये विराटनगर डिपोले तिनवटालाई खाली गरेर थियो भने ५ वटालाई अमलेखगञ्ज पठायो ।

काठमाण्डौकालागि विराटनगर डिपो सम्म इन्धन लिएर हिडेका ८ मध्ये ना ४ ख ३९०३ र ५०८२ नम्बरका ट्यांकर पोखरा डिपोका लागि छुटेका छन् । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका अध्यक्ष लय भण्डारीले काकडभिट्टाबाट पठाइएका पेट्रोलीयम पदार्थ बोकेका ट्यांकरलाई विराटनगर र अमलेखगञ्ज डिपोले भण्डारण क्षमता भरिएको भन्दै पोखरा पठाउनु रहस्यमय भएको बताउनुभयो । सोबारे विराटनगर डिपोका अधिकारीसँग सम्पर्क गर्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।

भारतको अघोषित नाकाबन्दीपछि काँकरभिट्टा र जोगबनी नाकावाटमात्र पेट्रोलियम पदार्थ भित्रदै आएको छ । भण्डारीले भन्नुभयो, ुहामीले यहाँका उपभोक्तालाई अभावमै राखेर आयातीत मध्ये ६० प्रतिशत काठमाण्डौ पठाएका छौ । विराटनगर र अमलेखगञ्ज दुवै डिपोको भण्डारण क्षमता भरिएको हो भने सर्वसाधारण उपभोक्तालाई किन दुख दिने
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment