मधेसी मोर्चाका कार्यकर्ताले कपिलवस्तुमा ट्रक जलाए

कपिलवस्तु । अन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले कपिलवस्तुमा एक ट्रकमा आगजनी गरेका छन् । भेली (सख्खर) बोकेको ना २ ख २९७७ नम्बरको ट्रकमा गएराति ११ बजे आगजनी गरिएको हो ।
कृष्णनगरबाट भेली लोड गरी काठमाडौं जाँदै गरेको उक्त ट्रकलाई मोर्चाका कार्यकर्ताहरुले शिवराज नगरपालिका विरपुरमा रोकेर आगो लगाइदिएका हुन् । ट्रक जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
बन्दको अवज्ञा गरेकाले ट्रकमा आगजनी गरेको मोर्चाका कपिलवस्तु संयोजक सतिसचन्द्र गुप्ताले बताए । मोर्चाले पुस ३ गते विज्ञप्ति निकालेर बन्द आह्वान गरेको थियो । अनलाइन खवरबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment