भारतीय सांसदको निचोडःनेपालमा कूटनीतिक असफलता

ठूल्दाई ब्यबहार नदेखाउन आग्रह

२२ मंसिर, काठमाडौं । भारतीय राज्यसभाका सांसदहरुले नेपाल मामिलामा नरेन्द्र मोदी सरकारको कूटनीति असफल भएका बताएका छन् ।

नेपाल–भारत सम्वन्धबारे राज्यसभामा भएको छलफलमा सांसदहरुले नेपाल र भारतको वर्षौं पुरानो सम्वन्ध विगारेको र अहिलेसम्मकै खराब अवस्थामा पुगेको बताए । सांसदहरुले नेपालमा गम्भीर मानवीय संकट आएको भन्दै तत्काल समाधान खोज्नु पर्ने बताए ।

सांसद मणिशंकर अयैयर भारतले नभई मोदी सरकारले नेपालमाथि नाकाबन्दी गरेको भन्दै आलोचना गरे । मधेसका ११ सभासदले मात्र संविधानको विपक्षमा मतदान गरेका र मधेसी मोर्चाका नेताहरु चुनाव हारेकाहरु भएको भन्दै उनले मधेसको प्रतिनिधित्व कसले गर्छ भन्ने प्रश्न उठाए ।

उनले भनेः सात वर्ष लगाएर नेपालमा राष्ट्रिय सहमति बनेको छ, त्यसलाई हामीले अवमूल्यन गर्ने ? हामीले हाम्रो संविधान ११२ पटक संशोधन गर्‍यौं, हामीले नेपाललाई किन विश्वास नगर्ने ? हामी को हौं कि यो गर, आजै हुनुपर्छ भन्ने ?

विदेशमन्त्री सुष्मा स्वराजको नाम लिँदै उनले भनेः ‘यो तपाईको विदेश नीति हो भन्ने विश्वास नै लाग्दैन । को जिम्मेवार छ यस्तो व्यवहारका लागि । चुप्पी तोडो ।’

नेपाल भारतको सीमा नाकामध्ये एकमा मात्र अवरोध रहेको भदै उनले अरुबाट किन सामान नपठाएको भन्दै प्रश्न गरे । उनले भनेः ‘एक र आधा मात्र अवरोध छ । अरुबाट किन नपठाउने ? हामीले नेपाल जाने अर्को बाटो भेट्टाउन सकेनौं ? एयर लिफ्ट गर्न सक्दैनौं ?’

नेपालसँगको सम्वन्ध सुधारका लागि व्यक्तिगत सम्वन्धलाई प्रयोग पर्ने भन्दै उनले करण सिंहको सहयोग लिन सुझाए । नभए प्राविधिक टीम पठाएर कसरी नाका खोल्ने, एयर लिफ्ट गर्ने भनेर अध्ययन गर्नु पर्ने उनले बताए ।

भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका टीके रंगराजनले नेपाल सार्वभौममुलुक भएको भन्दै हस्तक्षेप नगर्न चेतावनी दिए । संविधान जारी हुँदा भारतमा पनि समस्या भएको थियो भन्दै उनले भने यदि नेपालमा समस्या छ भने उनीहरुले समाधान गर्छन् । कसरी तपाई हस्तक्षेप गर्नुहुन्छ ? नेपाल सार्वभौममुलुक हो, हस्तक्षेप गर्ने हाम्रो काम होइन ।’

जनता दल यूनाइटेड सांसद पवनकुमार बर्माले भारत सरकारको कूटनीति असफल भएको बताए । भुटानका लागि पूर्व राजदूत समेत रहेका बर्माले भनेः नेपालमा संविधान पास भएपछि र घोषणा हुन मात्र बाँकी हुँदा मात्र किन दूतको भ्रमण गराइयो ?  हामीले फेरि यस्तो गल्ती गर्नु हुँदैन ।’

उनले भारतले अन्तराष्ट्रिय मञ्चहरुमा नेपालको ओलाचना गरेकोमा समेत असन्तुष्टि जनाएका छन् । दुई देशको सम्वन्धमा तेस्रो पक्षको मध्यस्थता नचाहिने भन्दै उनले भनेः हामी सार्वभौम देशसँग काम गरिरहेका छौं । ठूल्दाईका रुपमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन ।’

कांग्रेस आइका वरिष्ठ नेता करण सिंहले नेपाल सार्वभौम मुलुक भएको भन्दै संविधानसभाबाट संविधान घोषणाको अन्तिम समयमा गएर नगर भन्नु गैरकूटनीतिक भएको बताए । भारत सरकारका एजेन्सीहरु
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment