युवावर्ष र जनता छानिए

इलामः इलाम सदरमुकाममा जारी रत्नकुमार वान्तवा स्मृती अन्तर मावि स्तरिय फुटवल प्रतियोगिता (क्षेत्र नम्वर तीन) अन्तर्गत बुधबार चारवटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा प्रमोद मावि मावुले इलाम सदरमुकामको समता शिक्षा निकेतनलाई ट्राइवेकरमा ४–२ गोल अन्तरले हराएको छ । दोस्रो खेलमा बालमण्डल उमावि माइपोखरीले सदरमुकामको इलाम विद्या मन्दिरलाई एक–शुन्य
ले, ज्योती विद्या मन्दिर इलामले शारदा मावि पुवामझुवालाई दुई शुन्य गोल अन्तर पछि पार्दै छनौट चरणबाट पाखा लगाएका छन् । अर्को खेलमा इलाम सदरमुकामको जुविलेन्ट इलाइट र माइपोखरीको सगरमाथा वोर्डीङ स्कुल विचको खेल वरावरी भएपछि ट्राइवेकरको आधारमा नतिजा निकालिएको अनेरास्वीयू इलामका दिनेश ढकालले जानकारी दिए । जसमा सगरमाथाले जुविलेन्टलाई पाँच–चार गोल अन्तरले पछि पारेको छ ।  दानावारीमा भएको प्रतियोगिताबाट युवावर्ष मावि दानावारी र जनता उमावि चुलाचुली छनौट भएका छन् । अन्य विद्यालयले कागजपत्र पेश गर्न नसकेपछि शैक्षिक प्रमाणपत्र पेश गर्ने विद्यालय छनौट गरिएको सो क्षेत्रका खेल संयोजक दिनेश ढकालले जानकारी दिए ।  त्यस्तै इलाम क्षेत्र नम्वर एकको छनौट प्रतियोगिता अन्तर्गत बुधबार करफोक उमाविको मैदानमा समेत तिनवटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा विरेन्द्र मावि सुनपाले बौद्धधाम मावि पशुपतीनगरलाई एक–शुन्य गोल अन्तरले, पशुपती नेश्नल एकाडेमी पशुपतीनगरले पुण्यस्मारिका निमावि सुनपालाई एक शुन्य गोल अन्तरले, फिक्कल उमावि सुनपा फिक्कलले इभरलेण्ड एकाडेमी सुनपा फिक्कललाई शुन्यका विरुद्ध एक गोल अन्तर र शान्तिपुर मावि शान्तिपुरले इलाम टी गार्डेन सुनपा कन्यामलाई शुन्यका विरुद्ध तीन गोल अन्तरले पाखा लगाएको खेल संयोजक इश्वरी तामाङले जानकारी दिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment