विरेन्द्र र युवापर्ष विजयी

इलाम, नेकपा एमाले निकट अनेरास्ववियू इलामको आयोजनामा भएको रत्नकुमार वान्तवा स्मृती अन्तरमावि फुटवल प्रतियोगितामा बुधबार सुर्योदय नगरपालिकाको विरेन्द्र मावि र दानावारीको युवावर्ष मावि विजयी भएका छन् । पहिलो खेलमा जनता उमावि चुलाचुलीका खेलाडीले आत्माघाती गोल गरेपछि विरेन्द्र विजयी भएको हो । दोस्रो खेलमा युवावर्षले एकतप्पाको सिंहदेवी उमाविलाई एक गोलका विरुद्ध दुई गोल गर्दै युवावर्ष विजयी भएको छ । यो सँगै सिंहदेवी र जनता प्रतियोगिता चरणबाट वाहिरिएका छन् । जिल्लाभरीबाट आठ वटा टीमको छनौट गरि बुधबारबाट जिल्ला स्तरिय प्रतियोगिता सुरु भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment