सातौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगितामा चर्च व्वाईज अन्तिम चारमा

भीमकुमार बाँस्कोटा
पाँचथर,२८ पुषः पाँचथर सदरमुकाम फिदिममा जारी सातौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको तेस्रो खेलबाट एपिएफ पूवाञ्चल बाहिरिएको छ । चौँथो र पाचौँ फाल्गुनन्द गोल्ड कप प्रतियोगिताको उपाधी कब्जा गरेको एपीएफसँग भिडेको चर्च व्वाईज क्लब काठमाण्डौले ३–० ले हराएको हो । 
उपाधिको दावेदार ठानिएको एपिएफलाई खेल अवधिभर नै काठमाण्डौको दबावमा राखेको थियो । प्रतियोगिताको पहिलो हाफको १५ मिनेटमै  काठमाण्डौका यलसङ लामाले गोलको खाता खोले । सुरुवाती चरणदेखिनै काडमाण्डौको दवावमा रहेको एपीएफले दोस्रो हाफमा पनि गोल गर्न सकेन । दोस्रो हाफको आठ मिनेमा काठमाण्डौका निशान लिम्बू र ३५ मिनेटमा एक एक गोल गर्दै टिमलाई सेमी फाइनलको यात्रा पक्का गराएका हुन् । 
प्रतियोगितामा एपीएफका पाँच जना खेलाडीले पहेँलो कार्ड पाएका थिए । राष्ट्रिय स्तरका खेलाडीका सामु एपीएफका खेलाडीहरुले कमजोर प्रदर्शन गरेपछि एपीएफ पहिलो चरणको खेलबाटै बाहिरिएको हो । आज भएको प्रतियोगितामा काठमाण्डौका यलसङ लामा म्यान अफ दी म्याच घोषित भए । 
सेमी फाइनल खेलका लागि आयोजक फिदिम स्पोटिङ क्लब, चर्च व्वाईज काठमाण्डौ, कर्णसिंह सोनामा स्मृति क्लब ताप्लेजुङ र काम्ब्राङ फुटबल क्लब सिक्किम पुगेका छन् । भोली हुने सेमी फाइनलको पहिलो खेलमा सिक्किम र ताप्लेजुङ भिड्दैछन् ।   

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment