भीमकुमार बाँस्कोटा
पाँचथर, 26 पुष : पाँचथर सदरमुकाम फिदिममा जारी सातौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको दोस्रो खेलमा आयोजक फिदिम स्पोटिङ क्लबले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा छिमेकी टिम इलामसँग भिडेको डिफेन्डिङ च्याम्पियन फिदिम स्पोटिङले २–० को गोल अन्तरले इलामलाई हराउँदै सेमि फाइनलको यात्रा तय गरेको हो ।
पहिलो हाफमा दुवै टिमले खाता खोल्न नसकेपनि दोस्रो हाफको २३ औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै फिदिम स्पोटिङले घरेलु मैदानको फाईदा उठाउँदै छिमेकि टिम इलामलाई घर पठाएको हो ।
फिदिम स्पोटिङका धिरज तामाङ तामाङले दोस्रो हाफको २३ औँ मिनेटमा गोल गरेका थिए । खोलको खात खोलेपछि फिदिम सपोटिङ माइभ्याली इलाप्रति निकै हावि बन्यो । अन्तिम समयसम्म आक्रमक खेलेको फिदिम स्पोटिङका पिटर सेगनले प्रतियोगितको इन्जुरि समयमा गोल गरे । प्रतियोगिताको पहिलो हाफमा इलामले निकै राम्रो खेलेपनि घरेलु मैदानमा उत्रिएको फिदिम स्पोटिङको आक्रमक खेलेको सामना गर्न नसकेपछि इलाम पहिलो चरणको खेल बाटै बाहिरिएको हो । आज भएको प्रतियोगितामा फिदिम स्पोटिङ पिटर सेगन म्यान अफ दि म्याच घोषित भए । भोलि हुने प्रतियोगितामा विर्तामोड युनाईटेड झापा ११ र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ भिड्दैछन् ।
0 comments:
Post a Comment