ताप्लेजुङ २३ पुषः प्रशिद्ध तिर्थस्थल पाथिभराको भेटी संकलन गरिरहेको स्थानीय गैर सरकारी संस्था (एनजिओ)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवाको भरमा आर्थिक अनियमितताको दोष लगाएर काममा बाधा गरेको आरोप लगाएका छ ।
स्थानीय स्तरमा गठिन गैरसरकारी संस्था पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले आफ्नो कामको सुुक्ष्म अनुुगमन नै नगरी पाथिभराको भेटी व्यवस्थित गरी आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयलाई निर्देशन दिएको भन्दै अनियमितताको प्रमाण फेला परे कारबाही गर्न चुनौति दिएको हो ।
समितिका उपाध्यक्ष रणबहादुर कार्कीले सरकारी समिति तर्फ लक्षित गर्दै जसलाई अख्तियार लाग्नुपर्ने हो उसैले अख्तियारमा उजुरी दिएको आरोप लगाउँदै आफ्नो समितिले भेटीघाटीमा अनियमितता नगरेको दावि गरे । उनले सक्ने भए भ्रष्टाचार गरेको प्रमाण दिएर संस्था विघठन गर्न अख्तियारलाई चेतावानि समेत दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथिभराको भेटी व्यवस्थित गरी आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयलाई निर्देशन दिए पछि प्रमुख जिल्ला अधिकारीको सक्रियतामा राखिएको छलफलमा कार्कीले यस अघि पनि अख्तियारको पत्र आए पनि प्रमुख जिल्ला अधिकारीले अख्तियारलाई बुझाएको तर अहिले प्रजिअले त्यस्तो भुमिका खेल्न नसकेको समेत बताए ।
अख्तियारमा स्थानीय स्तरमा गठित समितिले भेटीघाटीमा अनियमितता गरेको बारम्बार उजुरी परेपछि पर्यटन मन्त्रालयलाई सरकार मातहतको समितिमा भेटीबारे जानकारी दिन पत्रचार गरेको थियो । त्यस पछि प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाको सक्रियतामा सरकारले पाथिभरा क्षेत्रको विकासका लागि गठित पाथिभरा क्षेत्र विकास समितिको खातामा भेटी जम्मा गर्ने भेटी व्यवस्थापन समिति गठन गरी काम गर्ने विषयमा छलफल चलेको थियो ।
यस अघि पटकपटक भएको छलफलमा पाथिभरामा संकलित भेटी सरकार मातहतको पाथिभरा क्षेत्र विकास समितिको खातामा जम्मा गर्ने र भेटी संकलन तथा व्यवस्थापन समिति निर्माण गरी खर्च गर्ने विषयमा सरोकारवालाबीच कुरा भए पनि निर्णय नभएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
भेटि जम्मा हुन छाड्यो
यसैविच पाथिभरा मन्दिरमा जम्मा हुने भेटी कुन संस्थामा जम्मा गर्ने भन्ने विषयको निर्णय नहुँदा भेटी संकलन भए पनि बैंकमा जम्मा हुन रोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथिभराको भेटी व्यवस्थित गरी आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयलाई निर्देशन दिए पछि प्रमुख जिल्ला अधिकारीको सक्रियतामा सरोकारवाला बीच छलफल भए पनि निर्णय नहुँदा संकलन भएको भेटी जम्मा हुन नसकेको हो ।
अबको भेटी संकलन भए पनि प्रहरीको निगरानिमा रहने र निर्णय भए पछि मात्र जम्मा गरिने प्रमुख जिल्ला अधिकारी थापाको भनाई छ । वर्षिक दुई लाख भन्दाबढि तिर्थयात्रिले दर्शन गर्ने यस पाथिभरा मन्दिरबाट वर्षको एक करोड भन्दा बढि भेटि संकलन हुने गरेको छ ।
0 comments:
Post a Comment