भोट गरेर जिताउन इलामवासीलाई आग्रह
इलाम, २१ पुषः इलामको कला क्षेत्रको एक प्रतिभा हाल राष्ट्रियस्तरका प्रतिष्पर्धीसँग जुधिरहेको छ । इलामबाट नै सुरु भएर राष्ट्रियस्तरको कार्यक्रमका रुपमा सञ्चालन भइरहेको
‘लेट मी डान्स नेपाल’ नामक नृत्य बिधामा इलाम जिर्मले ८ का कमल राई प्रतिष्पर्धा गरिरहेका छन् । हरेक शनिवार राती ०८ः०५ बजे हिमालय टेलिभिजन र मङ्गलबार राती ९ः०० वजे नेपाल वान टेलिभिजनको पर्दामा आउने कार्यक्रममा राई उत्कृष्ठ प्रतिभा प्रदर्शन गरिरहेका छन् ।
देशभरी भएको प्रतिष्पर्धाबाट करिब दुई हजार प्रतिष्पर्धीलाई पछि पार्दै कमल उत्कृष्ट सातमा पर्न सफल भएका छन् । प्रतिभा राम्रो हुँदाहुँदै पनि उनको पक्षमा खासै राम्रो भोट भने नभएको आयोजकको भनाई छ । उनले पनि सो कुरालाई आत्मसाथ गर्दै भने, ‘निर्णायक मण्डलबाट त धेरै राम्रो भयो भन्नुहुन्छ, तर भोटमा चैँ मेरै कम हुने गर्छ ।’
इलामबाट उदाउँदै गरेको प्रतिभालाई भोट गरेर जिताउन उनले आग्रह गरे । फोन सम्पर्कमा कुरा गर्दै राईले भने, ‘म इलामकै हुँ, मलाई जिताउन मद्दत गर्नुहोस्, तपाइँहरुकै भाई÷इलामकै छोरा हुँ कृपया पटक–पटक भोट गरेर भएपनि मलाई जिताउनु होस् ।’
इलामलाई माया गर्ने र प्रतिभा मन पराउने जो कोहिलाई भोट गरेर जिताउन उनले आग्रह गरेका छन् । ‘देश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुसँग यतिवेला तपाइँको एक भोटको भिख मागिरहेको छु । तपाइँको एक भोटले म देशकै उत्कृष्ट प्रतियोगीका रुपमा चिनिन सक्छु कृपया मलाई भोट गरिदनुहोला,’ उनले भने ।
उनलाई भोट गर्न मोबाइलको मेजेज बक्समा गएर एलएमडी टाइप गरि एक स्पेस दिएर शुन्य चार (अङ्क)मा लेखेर ३००१ मा सेण्ड गर्नु पर्ने उनले वताए । (LMD–)4 type and send 3001) यो प्रकृयाबाट जुनसुकै वेला जतिपटक पनि भोट गर्न मिल्नेछ । त्यस्तै इन्टरनेटमार्फत पनि लेट मी डान्स नेपालको वेब साइटमा गएर उनको तस्विरमा क्लीक गरि आफ्नो इमेल आइडी टाइप गर्दा उनलाई भोट हुने जनाइएको छ । फाइनल प्रतिष्पर्धा आगामी पुष २८ गते हुँदैछ ।
बाबा खड्गलाल र आमा पञ्चिमाया राईका कोखबाट बिक्रम संवत् २०५० सालमा जन्मिएका उनी इलाममा नै हुने नृत्य प्रतिष्पर्धामा सहभागिता जनाउँदै आएका थिए ।
प्रतिभा खोजी अभियान अन्तर्गत त्रिकाल आर्ट एकेडेमी नेपालले देशभर नृत्य प्रतियोगिता अभियान सञ्चालन गरेको हो । उक्त प्रतियोगिताको पहिलो अडिसन नै इलामबाट असार ७ र ८ गते सुरु भएको आयोजक त्रिकाल आर्ट एकाडेमी नेपालका कार्यक्रम निर्देशक छेडुप लामाले जानकारी दिए । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका नृत्य पारखी तथा प्रतियोगीहरुलाई आवद्ध गराई प्रतिभा प्रस्फुटन गराउने अभियानको मुल उद्धेश्य रहेको आयोजकले जानकारी दिएको छ । देशकै अन्य स्थानबाट नै कार्यक्रम सुरु गर्न खोजिए पनि बैशाख १२ गते भएको महा–विनासकारी भुकम्पका कारण इलामबाट कार्यक्रम सुरु गरिएको थियो ।
प्रतियोगिताका विजेतालाई दुई लाख पचास हजार बराबरको एक थान मोटर साइकल प्रदान गरिने छ । साथै आकर्षक उपहार समेत प्रदान गरिने छ । एकेडेमीकै पहलमा निर्माण हुने चलचित्रको नृत्यमा समेत २० जना प ्रतिभावान प्रतिस्पर्धिहरुलाई अवसर दिइने जनाइएको छ ।
नेपाली र अङ्ग्रेजी गीतको मात्र प्रयोग गर्न पाउने प्रतियोगिताका सहभागीलाई इलाम अडिसनबाट काठमाण्डौ लगिएको थियो । काठमाण्डौमा भएको मेघा अडिसन पार गर्ने सम्पुर्ण प्रतिष्पर्धिहरुलाई आयोजकले नै राख्दै आएको छ । प्रतिभा भएर पनि अवसर नपाइरहेकाहरुका लागि कार्यक्रम फलदायी भएको इलामका सङ्गीतकर्मीहरुले बताएका छन् ।

0 comments:
Post a Comment