विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो

इलाम, २१ पुषः बेलायती प्रकाशक कम्पनी रफ गाइड्सले विश्वका भ्रमण योग्य मुलुकको सूचीमा नेपाललाई पहिलो नम्बरमा राखेको छ । यात्राकालागि आवश्यक विभिन्न स्थान बारेको जानकारी समेटिएको पुस्तक, बुकलेट लगायत प्रकासन गर्ने रफ गाइड्सले सन् २०१६ मा घुम्नैपर्ने मुलुकका सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको हो । बैशाखमा गएको ठूलो भूकम्पपछि नेपालमा अहिले बिस्तारै पुनर्निर्माण भइरहेको र यहाँका नागरिक सामान्य अवस्थामा फर्किसकेको कम्पनीले जनाएको छ । उसले भनेको छ, ‘नेपालका पदमार्ग खुलीसकेको अवस्थामा प्राकृतिक सौन्दर्यताको अवलोकनकालागि नेपाल पहिलो राष्ट्र बन्न सक्छ ।’
विभिन्न स्थानमा सञ्चालित होमस्टे, जंगली जनावर बाघ, हात्ती तथा गैडाको अवलोकनकालागि नेपाल यात्राको उत्कृष्ठ गन्तन्य रहेको कम्पनीले उल्लेख गरेको छ ।
उसले नेपालपछि भ्रमणकालागि विश्वका उत्कृष्ट १० मुलुकमा कोलम्बिया, क्युवा, जोर्डन, अल्बानिया, रोमानिया, अल साल्भाडोर, वेल्स, केन्या र श्रीलङ्कालाई समेटेको छ । सन् १९८२ बाट आफ्नो प्रकाशन सुरु गरेको रफ गाइड्ससंग हाल २ सय देशका विभिन्न पर्यटकीय स्थलको विवरण छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment