बंगलादेशसँग बराबरी खेल्दै नेपाल समूह उपविजेता बन्यो


इलाम २ माघः बङबन्धु कप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । यससँगै नेपाल समूह उपविजेता भएको छ ।
शुक्रबार ढाकामा भएको खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
त्यसअघि श्रीलंकाले मलेसियाको फेल्डा युनाइटेड एफसीलाई २(१ ले पराजित गरेको थियो । श्रीलंकाको जितले नेपाल र बंगलादेश सेमिफाइनलमा पुग्यो र समूह विजेता बन्नका लागि मात्र सिमित रहृयो ।

खेलमा यू–१९ खेलाडीहरुको बाहुल्यता रहेको नेपाली टोलीले बंगलादेशको राष्ट्रिय टोलीलाई कडा चुनौती दिएको थियो । नेपाली गोलरक्षक विकेश कुथुले बंगलादेशका केही सशक्त प्रहारलाई असफल पारे ।

बराबरीसँगै नेपाल ४ अंकसहित समूह एको उपविजेता बनेको छ । समान अंक जोडेको बंगलादेश गोल अन्तरका आधारमा समूह विजेता बनेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment