जनकपुरमा स्थानीयले मधेसी मोर्चाका कार्यकर्तालाई लखेटे

जनकपुर, २३ पुषः जनकपुरमा स्थानीयबासी र ब्यापारीले पसलमा तोडफोड गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तालाई लेखेटेका छन् । साथै दुई वटा मोटरसाइकल समेत जलाइदिएका छन् ।
लामो समयदेखि जनकपुरका पसलहरु बन्द छ । तर, व्यापारीहरुले बेला बेलामा सरसफाइका लागि खोज्ने गरेका छन् ।
बिहीबार मोर्चाका कार्यकर्ताले जानकी चोकमा पसल खोलेको भन्दै लाठी प्रहार गर्दै तोडफोड गरे । त्यसको स्थानीय र व्यापारीले प्रतिकार गरेका हुन् ।
मधेसी मोर्चाका कार्यकर्ताले जानकी चोकमा दुई वटा मोटरसाइकल जलाएका छन् । जनकपुरमा अहिले पनि तनाव कायमै छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment