अफगानिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिप

इलाम, २० पुषः  भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आइतबार केरलामा भएको फाइनलमा अघिल्लो सिजनको विजेता अफगानिस्तानलाई २–१ ले पराजित गर्दै भारत सातौं पटक  साफ च्याम्पियन बनेको हो ।
खेलमा अफगानिस्तानले ७० औं मिनेटमा जुवायर अमिरीको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगाउन सकेन । ७२ औं मिनेटमा जेजेले भारतका लागि बराबरी गोल गरे ।
निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०१ औं मिनेटमा भारतले २–१ को अग्रता लिन सफल भयो ।
भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै घरेलु टोलीलाई उपाधि दिलाए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment