१९ पुषः पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा शनिबार राति यात्रुबाहक रात्रिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी बर्दियाका कुशल शर्मा, कञ्चनपुरका प्रकाश शाही, रुपन्देहीकी शान्ति दर्जी र जमुना विक, बाराका चुरक शाहको सनाखत भएको छ । एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घाइतेमध्ये चार जना गम्भीर छन् । उनीहरुको थप उपचारका लागि भरतपुर रेफर गरिएको छ भने १२ जना लुम्बिनी अस्पतालमा उपचार गराएर फर्किएका छन् ।
नारायाणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदह नगरपालिका १० घोडाहा भन्ने स्थानमा राति करिब ९ बजेको समयमा अनियन्त्रित भएर पल्टिएको थियो ।
0 comments:
Post a Comment