काष्ठमण्डप एयरको विमान दुर्घटनामा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको मृत्यु भएको पुष्टि

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको मिा दुर्घटनामा परेको छ । उक्त दुघटनामा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको मृत्यु भएको कालिकोट प्रहरी ले पुस्टि गरेको छ विमान मा चालकदल सहित ११ जना सवार रहेको थिए । नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको स्थानीयवासी नन्दबहादुर कटुवालले जानकारी दिनुभएको छ ।
विमानमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना रहेका थिए । यस्तै मेघराज गिरी, जगदम्बा खत्री, गणेश भट्टचन, शोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्दप्रसाद भण्डारी, लक्ष्मण खड्का र धनन्जय खत्री यात्रु थिए । उनीहरु मध्ये जगदम्बाको साथमा बच्चा पनि रहेको खुलेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment