पुलिसले जित्यो विराट गोल्डकपको उपाधि

लामो समय खराव फर्मबाट गुज्रिएको नेपाल पुलिसले, मोरङमा आज सम्पन्न बिराट गोल्डकप फुटवलको उपाधि जितेको छ ।
राष्ट्रिय लिग सहित काठमाडौं तथा मोफसलमा सञ्चालित बिभिन्न प्रतियोगितामा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्न नसकेको पुलिसले चौथो बिराट गोल्डकप फुटवलको उपाधि जित्दै खडेरी अन्त्य गरेको छ ।
बंगलादेशी क्लबले अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने जानकारी दिएपछि आयोजक मोरङ् फुटवल क्लबले नेपाल पुलिस क्लबलाई सहभागी गराएको थियो । बैकल्पिक टोलीका रुपमा मैदान छिरेको पुलिसले अन्तत उपाधि नै जित्यो ।
बिराटनगरस्थित शहिद रंगशालामा आज भएको फाईनलमा पुलिसले रमपम झापा ११ लाई १–० गोल अन्तरमा पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलको ८७ औं मिनेटमा भरत साहले गरेको एकमात्र गोल पुलिसलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।
उपाधिसंगै पुलिसले ५ लाख रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता झापा ११ ले ३ लाख रुपैयाँमा चित्त बुझायो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment