बूढासुब्बा गोल्डकपमा मनाङको शानदार सुरुवात, भुटान ११ लाई ८–० गोल अन्तरले पराजित

इलामः बुढासुब्बा गोल्डकप फुटबलको १८ औ संस्करणमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले विजयी सूरुवात गरेको छ । पाहुना टोली भुटान ११ लाई ८–० गोल अन्तरले पराजित गर्दै मनाङले प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
सुनसरीको धरानस्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको खेलमा मनाङलाई फराकिलो जित दिलाउने क्रममा कप्तान अनिल गुरुङ र अफिज ओलावले ह्याट्रिक गरे । अनिलले खेलको २३, ३० र ५९ मिनेटमा गोल गरे । अफिजले ४४, ७३ र ८२ औ मिनेटमा गोल गरेका थिए । मनाङका लागि विशाल राई र तेज तामाङ्गले थप गोल गरे ।
जितपछि मनाङ सेमिफाईनलमा प्रवेश गरेको छ । भोली आयोजक धरान फुटबल क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै मोरङमा जारी पिएलओ कोसी हरैचा केबिआरयु कन्दङ्वा गोल्डकपमा मोरङ ११ सेमिफाईनल प्रवेश गरेको छ ।
आज भएको खेलमा दार्जिलिङको कन्चनजङ्घा फुटबल क्लबलाई आत्मघाती गोलको मद्दतमा पराजित गर्दै मोरंङ्ग अन्तिम ४ मा प्रवेश गरेको हो । ६९ औ मिनेटमा कन्चनजङ्गाका राज सुब्बाले मोरङलाई आत्मघाति गोलको उपहार दिएका थिए ।
प्रतियोगिता अन्तरगत पहिलो सेमिफाईनलमा भोली सशस्त्र प्रहरी वल र काठमाडौंको चर्च ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment