इलाम काँग्रसमा भेषराज र हिमालय कर्माचार्य दोस्रो चरणमा

सचिवमा खगेन्द्र देवान र कोषाध्यक्षमा विष्णु कार्की भारी मतान्तरले विजयी
इलामः इलाममा भएको काँग्रेसको जिल्ला अधिवेशनको पहिलो चरणको चुनावबाट भेषराज आचार्य र हिमालय कर्माचार्य दोस्रो चरणमा प्रवेश गरेका छन । सभापतिका पाँच जना प्रत्यसीमा कुनै पनि उम्मेद्वारको ५० प्रतिसत भन्दा माथि मत नआए पछि आचार्य र कर्माचार्य दोस्रो चरणको निर्वाचनका लागि चयन भएका हनुन । पहिलो चरणमा जम्मा ६४१ मत मध्य हिमालय कर्माचार्यले २३७ मत, भेषराज आचार्यले १२० मत, बेनुपराज प्रसाईले १०६ मत, डम्वर खड्काले ८७ मत र चन्दा कार्कीले ८२ मत लियाएका थिए ।
इलाममा मतान्तर हेर्ने हो भने हिमालय कर्माचार्य सभापतिको प्रभल दावेदार देखिएका छन् । तर पनि अव, वन्ने समिकरणले भेषराज आचार्यको पनि पनि सम्भावना राम्रो देखिने नवनिर्वाचित कोषध्यक्ष तथा युवा नेत विष्णु कार्कीको दावी छ ।

जिल्ला अधिवेषन बाट सचिव पदको खगेन्द्र देवान र कोषाध्यक्षमा विष्णु कार्की अत्यधिक बहुमतले विजयि भएका हन् । खगेन्द्र देवानले ३३७ मोती साम्पाङले १४९ र राजेन्द्र शर्माले ११६ मत  प्रप्त गरेको छन् । कोषध्क्षमा विण्णु कार्की, धनमान वराईली गणेशमान वेघाले कमशः ३०१, १६२, १३३ मत प्राप्त गरेका छन् । सभापतिको दास्रो चरणमा प्रवेश गर्ने हिमालय कर्माचार्य र भेषराज आचार्य दुवै जना संस्थापन खेमाका हनु र सचिव र कोषाध्यक्षका विजयी उम्मेद्वार पनि संस्थापन खेमाका नै हुन । सचिव पदका विजयी उम्मेद्वार खगेन्द्र देवान यस अघि पनि जिल्ला समितिको पार्टी सचिप हुन । देवानले विगत तीन दशक देखी पार्टीमा वसेर काम गर्दै आएका छन् । भने कोषध्यक्ष पदमा विजयी हुने विष्णु कार्की नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन र इलममा एक कुशल युवा नेतृत्वको छवि वनाएका युवा नेता मानिन्छन । खगेन्द्र देवान र विष्णु कार्की दुवै  दोस्रो चरणमा प्रवेश गरेका सभापतिका उम्मेद्वार भेषराज आचार्यको नजिक रहेको कायक्रताको विष्लेशण रहेको छ ।
नेपाली काँग्रसका सभापति तथा पूर्व प्रधान मन्त्री शुसिल कोइरालाको असामायीक निधनको कारण आज बाट अधिवेशका सम्पूर्ण कार्यक्रम रोकीएको नेपाली काँग्रसले जनाएको छ । इलामको निर्वाचन पनि स्थगन गरिएको छ । इलाम चोक बजारमा कोइरालको तस्वीरमा माल्यापर्ण गर्दै काँग्रेस नेता तथा कार्यत्रर्ताहरुले शोक सभा गरिरहेका छन् । विहानै देखी इलाम चोकवजारमा रहेको नेपाली काँग्रेसको जिल्ला कार्यलय अगाडि नेता तथा कर्यक्रताको भिड छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment