अधिवेसनबाट भेषराज र हिमालय दोस्रो चरणमा

चियाबारी सम्वाददाता
इलाम २८ माघः इलाममा भएको नेपाली काँग्रेसको जिल्ला अधिवेशनको पहिलो चरणको चुनावबाट भेषराज आचार्य र हिमालय कर्माचाई दोस्रो चरणमा प्रवेश गराएको छ । सभापतिका पाँच जना प्रत्यसीमा कुनै पनि उम्मेद्वारको ५० प्रतिसत भन्दा माथि मत नआए पछि आचार्य र कर्माचार्य दोस्रो चरणको निर्वाचनका लागि चयन भएका हुन् । जम्मा ६४१ मत मध्ये पहिलो चरणबाट हिमालय कर्माचार्यले २३७  मत, भेषराज आचार्यले १२० मत प्राप्त गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन भने सभापतीकै उम्मेद्धार बेनुपराज प्रसाईले १०६ मत, डम्वर खड्काले ८७ मत र चन्दा कार्कीले ८२ मत ल्याउँदै पहिलो चरणबाट नै बाहिरिएका छन् ।
जिल्ला अधिवेषन बाट सचिव पदमा खगेन्द्र देवान र कोषाध्यक्षमा विष्णु कार्की बहुमतले विजयी भएका हन् ।  विजयी भएका खगेन्द्र देवानले ३३७ प्राप्त गरे भने उनका प्रतिष्पर्दी मोती साम्पाङले १४९ र राजेन्द्र शर्माले ११६ मत  प्राप्त गरेको थिए । कोषध्क्षमा विण्णु कार्कीले ३०१ मत प्राप्त गर्दै विजयी भ एभने उनका प्रतिष्पदी, धनमान वराईलीले १६२ र गणेशमान वेघाले १३३ मत प्राप्त गरेका थिए । 
क्षेत्र नम्वर एकवाट खुल्ला सदस्यहरुमा शमशेर राई, जिवनकुमार नेपाल, महिला तर्फ कल्पना भण्डारी, कमला कट्टेल, दलित तर्फ कुमार बहादुर बराइली, अपांग तर्फबाट प्रकाश थापा र आदिवासी जनजाती तर्फबाट चक्र एक्तेन निर्विरोध निर्वाचित भएका छन् । दुईबाट खुल्ला तर्फ रामबहादुर कार्की मेघप्रसाद चौलागाई, महिला तर्फ डालाकुमारी कार्की र शान्तिकला तामाङ, दलित तर्फ मिनाकुमारी बिक आदिवासी जनजाती तर्फ नरेन्द्रबहादुर लावती निर्वाचित भएका छन् । अपांगबाट जितबहादुर लिम्वू निर्बिरोध चयन भएका छन् । 
क्षेत्र नम्वर तीनमा खुलातर्फ केदार थापा, निरोज खड्गी, महिला तर्फ उर्मिला सुवेदी र पुष्पा खनाल, दलित तर्फ विरेन्द्र परियार, आदिवासी जनजाती तर्फ हुुकुमलाल थेवे, मधेसी मुस्लिम तर्फ रतनकुमार चौधरी निर्वाचित भएका छन् ।  
नेपाली काँग्रसका सभापति तथा पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको असामायीक निधनको कारण मंगलबार हुने भनीएको दोस्रो चरणको अधिवेशन रोकीएको नेपाली काँग्रसले जनाएको छ । केन्द्रिय कार्य समितिको बैठकले १३ दिन सम्म क्नै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ भने कार्यबाहक सभापतीको जिम्मा रामचन्द्र पौडेललाई दिएको छ । साथै बाँकी अधिवेशनको काम पनि फागुन १ गते सम्मकालागि स्थगित गरेको छ । 
सभापतिको दास्रो चरणमा प्रवेश गर्ने हिमालय कर्माचार्य र भेषराज आचार्य दुवै जना संस्थापन खेमाका हन् र सचिव र कोषाध्यक्षका विजयी उम्मेद्वार पनि संस्थापन खेमाका हुन । सचिव पदका विजयी उम्मेद्वार खगेन्द्र देवान यस अघि पनि जिल्ला समितिको पार्टी सचिव थिए । देवानले विगत तीन दशक देखी पार्टीमा वसेर काम गर्दै आएका छन् भने कोषध्यक्ष पदमा विजयी हुने कार्की नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष हुन । उनी इलममा एक कुशल युवा नेतृत्वको छवि वनाएका युवा नेता मानिन्छन । देवान र कार्की दुवै  दोस्रो चरणमा प्रवेश गरेका सभापतिका उम्मेद्वार भेषराज आचार्यको नजिक रहेको कार्यक्रताको विष्लेशण रहेको छ ।
इलाममा मतान्तर हेर्ने हो भने हिमालय कर्माचार्य सभापतिको प्रभल दावेदार देखिएका छन् । तर पनि अव, वन्ने समिकरणले भेषराज आचार्यको पनि सम्भावना राम्रो देखिने  नेपाल विद्यार्थी संघका अध्यक्ष डिकेन्द्र इदिङ्गोको  दावी छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment