सदरमुकाममा नै दश दिन अगाडिको हाँजिरी गछर्न शिक्षकहरु, शिक्षा कार्यालयलाई पत्तो सम्म हुँदैन

इलाम, १८ फागुनः इलाम सदरमुकामको भगवती उच्च माविमाका प्रधान अध्यापक प्रेम घिमिरेले फाल्गुन २८ गते सम्मको हाँजिरी गरेको खुले छ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  यूनियन (क्रान्तिकारीले) आज प्रमाण सहित जिल्ला शिक्षा अधिकारी राम प्रसाद पाण्डे समक्ष प्रेस विज्ञप्ती बुझाए पछि सो कुरा खुलेको हो ।
यस्तो गैर जिम्वेवार पूर्ण काम गर्नेलाई प्रक्रियामा गएर कारवाही गर्ने अस्वसन दिए पछि विद्यार्थी संगठनका संयोजक प्रकाश परियार सहितको टोली फर्किएको थियो । जिल्ला शिक्षा अधिकारीका अनुसार यस्तो गर्नेलाई अनुसन्धान पछि कावाही गरिने भन्नुभयो । जिल्ला शिक्षा कार्यलयको दुई किलो मिटरको दुरीमा रहेको विद्यालयमा यस्तो लापवाही हुँदा समेत शिक्षा कर्यालयलाई पत्तो सम्म पनि हुँदैन । गाउँ गाउँमा रहेको विद्यालयको अवस्था कस्तो होला ?
भगवती माविका प्रअ प्रेम घिमिरे भन्छन यो भूल वस भएको हो माघमा हिउँदे विदा थियो विदा पछि आउँदा भूलवस मैले फाल्गुनको कोलममा हाँजीरी गर्न पुगेको हुँ । त्यसै विच फाल्गुन २७ गते शोक विदा लेखेको पनि पाईयो र यस विषयमा पनि उनको तर्क छः मैले माघ २७ गते पूर्व प्रधान मन्त्रीको शोक विदाको शोक विदा फाल्गुन २७ गतेमा भुल वस लेखेको हुँ ।
सोही विद्यालयमा अध्यापन गराउने आर्का शिक्षक डोरकुमार पौडेलले पनि सरले भूलवस यसो गर्नु भएको हो । सरले पहिला नै हामीलाई यस्तो गल्ती  भए छ अव के गर्ने भन्नु भएको थियो । हामीले सरलाई अव, अएको दिनमा ठिकै छ विदाको दिनमा मिलाउनु पर्छ भन्ने सल्लहा दिएको थियौँ ।
विद्यार्थी संगठनले भने २४ घण्टा भित्रमा कावाही गर्नु पर्ने र नगरेमा अफ्नो तरिकाली अगाडि वढ्ने चुनौती दिएको छ । शिक्षा अधिकारीले यस विषयमा अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाएर प्रक्रियागत रुपमा शिक्षा नियामावली अनुसार कावाही अगाडि वढाउने वतउनु भयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment