इलामः गत फागुन १७ गते बरबोटे गाविस स्थित बिब्ल्याँटे बजारको एक मनि ट्रान्सफर र सुन चाँदि पसलबाट नगद र गरगहना चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ । कविता मनि ट्रान्सफर र कविता गहना ट्रेड्सबाट गरगहना र नगद चोरी गर्ने सोयाङ गाविस वडा नम्वर एक निवासी दया भनिने उदय विक्रम तामाङ र पाँचथर आङसराङ निवासी निवासी यादव अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुका साथबाट नगद तीन लाख चार हजार दुई सय साठी सहित करिव १२ तोला सुन बरामत गरेको छ । त्यस्तै पेस्तोल एक थान, पेस्तोलमा लाग्ने चार राउण्ड गोली र सोहि पेस्तोलमा प्रयोग हुने म्याक्जीङ सहित नेकपा माओवादीको (विप्लप) सहयोग रसिद समेत वरामत गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक प्रकाश रानाभाटले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिए । मनिट्रान्सफर र गहना ट्रेड्स सञ्चालक उर्लाबारी मोरङ निवासी दुर्गाप्रसाद पराजुलीले २२ तोला सुन सहित नगद हराएको भनी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
उनीहरुको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अधिकारीलाई बरबोटे र तामाङलाई झापाबाट पक्राउ गरिएको हो । तामाङलाई पक्राउ गर्दा उनी चढेको एक थान मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

0 comments:
Post a Comment