कांग्रेसमा ठूला नेताबिरुद्ध उजुरी परेन, उम्मेदवारी फिर्ताका लागि ५० भन्दा बढी निवेदन

नेपाली कांगेसको जारी महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेदवारहरुमाथि दावी बिरोध तथा उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।
महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका अनुसार पदाधिकारीसहित ६४ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकाहरुमाथिको दावी बिरोधको समय सकिएको छ । यसबीचमा पदाधिकारीका कुनैपनि उम्मेदवारबिरुद्ध कार्यकर्ताले दावी बिरोध गनरेको निर्बाचन कमिटीका गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
केन्द्रीय समस्यका उम्मेदवारहरु १र२ जनाबिरुद्ध उजुरी परेपनि पुष्टि नभएपछि ६४ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय ७५ जनाको उम्मेदवारी सदर भएको थिया ।
तर उम्मेदवारी फिर्ताका लागि भने ५० भन्दा बढी निवेदन परेको छ । निर्वाचन कमिटीले शनिबार मध्यान्हसम्म उम्मेदवारी फिर्ताको समयसीमा तोकेको थियो । यसबीचमा ५० भन्दाबढी निवेदन उम्मेदववारी फिर्ताका लागि परेको निर्वाचन कमिटीका घिमिरेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment