बुढासुब्बा गोल्डकप फुटबलको १८ औ संस्करणको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।
विभागीय टिम पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो । योसँगै मनाङले विराट गोल्कडकपमा पाएको हारको बदला समेत लिएको छ ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा मनाङलाई जिताउन अफ्रिकन खेलाडी ओलावले अफिजले ८२ औ मिनेटमा निर्णायक गोल गरे । मनाङको यो सिजनको तेस्रो उपाधि हो । यसअघि मनाङले आहा रारा गोल्डकप र हेटौडामा सुमन भोम्जन स्मृती गोल्डकपको उपाधि जितेको थियो ।
आजको उपाधिसंगै मनाङले ४ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता पुलिसले २ लाख ५० हजारमा चित्त बुझायो । विधागततर्फको पुरस्कारमा पनि मनाङकै वर्चस्व रह्यो । मनाङका अनिल गुरुङ उत्कृष्ट फरवार्ड, किरण चेम्जोङ उत्कृष्ट गोलकिपर, हेमन गुरुङ उत्कृष्ट मिडफिल्डर र छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक घोषित भए । पुलिसका सुरज विके उत्कृष्ट डिफेन्डर चुनिए । विधागत तर्फका उत्कृष्टले जनही ११ हजार रुपैयाँ प्राप्त गरे ।

0 comments:
Post a Comment