जिल्लाका पूर्वी क्षेत्रका मेहेले, सुरुम्खिम, खेवाङ, पेदाङ, आम्वेगुदिन, सादेवा, आङ्खोपलगायतका गाविसमा वर्षासहित परेको असिनाका कारण हिउँदे बालीनालीमा क्षति पुगेको हो ।
असिनाका कारण गहुँ, जौ, मकै, आलु, अलैँचीलगायतका बालीनालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । मेहेले गाविसका कमल कडरियाका अनुसार शनिबार साँझ ती गाविसमा करिब दुई घन्टासम्म असिना परेको थियो । करिब एक फिटसम्म जम्ने गरी परेको असिना अहिले बिहानसम्म पनि रहेको बताइएको छ ।
असिनाले उम्रदै गरेको मकै, पसाउन लागेको गहँु, जौ, तोरीलगायतका बाली नष्ट गरेपछि ती क्षेत्रका किसान चिन्तित बनेका छन् । अन्य पूर्वका केही गाविसमा समेत सामान्य असिना परेको बताइएको छ ।
पाँचथरका सीमावर्ती गाविसमा समेत असिनाले बालीनालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । रासस

0 comments:
Post a Comment