बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
‘ग्रहणको मध्यकाल बिहान ६ः२७ र मोक्षकाल ७ः०२ बजे हुन्छ, ग्रहण बार्नेले स्पर्श हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय बचन छ’–उनले भने । यस अनुसार फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्नु नहुने समितिको भनाइ छ ।
सूर्य ग्रहणका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल पात्रो ९पञ्चाङ्ग० मा उल्लेख गरिएको ग्रहणकै आधारमा सरकारले तत्काल निर्णय गरी सार्वजनिक बिदा दिने गरेको बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिइने गरेको र यसवर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले बिदाको निर्णय गर्नुनपर्ने बताउनुहुन्छ । रासस

0 comments:
Post a Comment