दोलखाः पुनर्निर्माण प्राधिकरणले दोलखाको सिंगटीबाट पुर्ननिर्माण अभियान शुरु गर्ने भएको छ । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख सिइओ सुशील ज्ञवालीले सिंगटीबाट थालिने पुनर्निर्माणका लागि प्रभावित बासिन्दालाई दिईने अनुदान रकमको सम्झौता आगामी साताबाट शुरु जानकारी दिनुयो ।
पहिलो चरणमा बितरण गरिने ५० हजार रुपैयाँ अनुदानका लागि वैंक खाता खोल्न र घर निर्माण संंरचना बनाउन विज्ञ र बैंकका कर्मचारी सहितको टोली दोलखा पुगिसकेका छन् । पहिलो चरणमा दोलखाको सिंगटीवजारबाट पुर्ननिर्माण अभियान शुरु गर्ने र त्यसैको अनुभवका आधारमा अन्य जिल्लामा पुनर्निर्माण कार्य शुरु गरिने ज्ञवालीले बताउनुभयो ।
यसैबीच प्राधिकरणले गाविसमा घर बनाउन नक्सा पास गर्न नपर्ने जनाएको छ । यद्यपी सरकारी मापदण्डका आधारमा घर निर्माण गर्न सकिने प्राधिकरणले जनाएको छ । सरकारले पुर्ननिर्माणका क्रममा जनताका गुनासो सुन्न संयन्त्र गठन गर्ने, शाखासहित बैङ्कि प्रणाली मार्फत अनुदान उपलब्ध गराउने भएको छ ।
स्थानान्तरण गर्नुपर्ने ४ सय ७५ बस्ती मध्ये १ सय ९३ वटा बस्तीको स्थानान्त्तरण तथा एकीकृत बस्ती बिस्तार प्रकृया सुरु भइसकेको ज्ञवालीले जानकारी दिनुभयो । नीजि आवास पुनर्निर्माणका लागि सरकारले पहिलो चरणमा ५० हजार किस्ता उपलव्ध गराउने छ भने ३ किस्तामा २ लाख रुपैयाँ प्रभावित जिल्लाका बासिन्दाले पाउनेछन् । वैशाख सम्ममा अति प्रभावित १४ र आंशिक प्रभावित ९ गरि २३ जिल्लामा अनुदान सम्झौता भईसक्ने प्राधिकरणले जनाएको छ ।

0 comments:
Post a Comment