नेपाली कंग्रेसको १३ औं महाधिवेशनमा सभापतिसहितको ६४ पदका लागि जारी मतदान बेलुकी ७ बजेसम्म हुने देखिएको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा जारी मतदानको पछिल्लो जानकारी अनुसार ४ बजेसम्म मात्र २ हजारको हाराहारीमा मत खसेको छ । कुल ३१ सय ६१ मतदाता रहेकोमा करिब १२ सय मत अझै खस्न बाँकी छ ।
मतदान बिहान ८ बजेबाट सुरु भएर ४ बजे सकिने भनिएपनि विभिन्न कारणवश सवा ९ बजे तिर मात्र सुरु भएको थियो । मतदानमा खटिएका एक निर्वाचन अधिकृत धर्मराज खनालका अनुसार अहिले जारी मतदानको गति हेर्दा मतदान बेलुका ७ बजेसम्म चल्न सक्छ ।
मतदान सकिएको एकघन्टापछि सभापति पदको मतगणना सुरु गरिने तयारी भएको उहाँले जानकारी दिनुभयो । निर्वाचनका लागी ९ वटा मतपेटिका तोकिएको छ ।
सभापति, महामन्त्री, कोषाध्यक्षसहित खुल्ला र आरक्षित पदमा छुट्टाछुट्टै ९ रङको मतपत्र तोकिएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले बताउनुभयो । नयाँ नेतृत्व चयनका लागी ३ हजार १ सय ६१ महाधिवेसन प्रतिनीधि छन् ।
मतदान सकिए लगत्तै सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा तुरुन्तै शुरु गरिएपनि अन्य पदको मतगणना भने सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।
पहिलो चरणमा सभापतिको टुङ्गो लाग्न नसके भोली दोस्रो चरणको निर्वाचन हुनेछ । ६४ सदस्यीय केन्द्रीय समितिका लागी ३ सय १२ जना चुनावी प्रतिस्पर्धामा छन् ।

0 comments:
Post a Comment