चितवन ,७ चैत ।चितवनको भरतपुर मेडिकल कलेजमा आन्दोलनरत विप्लव नेतृत्वको नेकपा माओवादी सम्बद्ध मजदुर र प्रहरीबीच झडप भएको छ ।
झडपका क्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघं अन्तरगत स्वास्थ्य तथा सरसफाई ईकाई कमिटि आबद्ध १५ जना मजदुर घाईते भएका छन् । प्रहरीले ५२ जना आन्दोलनरत मजदुरलाई पक्राउ गरेको छ ।
मेडिकल कलेजमा कार्यरत मजदुरहरुले स्थाई गर्नुपर्ने माग राख्दै आएका मजदुरले टिकट काउन्टर बन्द गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपका क्रममा प्रहरीले लाठ्ठीचार्ज गर्दा मजदुरहरु घाईते भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंकी कोषाध्यक्ष प्रतिमा बजगाईले बताउनु भयो । घाईतेमध्ये बिन्दु मगर र निरु मगरको अवस्था गम्भिर रहेको र अन्य सामान्य अवस्थामा रहेका उहाले बताउनु भयो ।घाईतेहरुको उपचार गर्न पनि अस्पतालले स्वीकार गरेको बजगाईले बताउनु भयो ।
प्रहरीले महासघं अन्तरगत स्वास्थ्य तथा सरसफाई ईकाई कमिटि आबद्ध करिव ५२ जना मजदुर पक्राउ गरेका पनि बजगाईको भनाई छ । पक्राउ परेका मेडिकल कलेजका ईकाई अध्यक्ष सरस्वती ढकाल सहित ४० जनालाई जिल्ला प्रहरी कार्यलय चितवनमा राखिएको छ भने अन्यलाई ईलाका प्रहरी कार्यलयमा राखिएको जनाइएको छ ।
यता जिल्ला प्रहरी कार्यलय चितवनले पनि मजदुर पक्राउ परेको पुष्ठि गरेको छ । झडपमा कति घाईते भए भन्ने बिषयमा भने प्रहरीले बताउन चाहेन ।
पक्राउ परेका मजदुरहरुले जिल्ला प्रहरी कार्यलय भित्र नै आफुहरुमाथि कुटपिट तथा दुब्र्यबहार भएको बताएका छन् ।
अहिले महांघका प्रतिनिधि र प्रहरी प्रशासनबीच छलफल भईरहेको चितवन प्रहरीले जनाएको छ ।
आन्दोलनरत मजदुरले मेडिकल कलेजमा बर्षौ देखि काम गरिरहेका मजदुरहरु पनि स्थाई हुन नसकेको भन्दै सबैलाई स्थाई गर्नुपर्ने माग राखेको छ ।
मेडिकल केलेज प्रशासनले २०६६ सालमा नै दुई सय ४० दिन काम गरेका मजदुरलाई स्थाई गराउने मजहुर संगठनसँग सहमती गरेपनि सोको कार्यान्वयन नभएपछि एक महिना देखि पुन आन्दोलन सुरु भएको थियो ।

0 comments:
Post a Comment