रोचक कुराः गाईले बनायो किर्तिमान

विश्वमै दुधालु गाईको  किर्तिमानी भारतको एक गाईले राखेको छ । दुधालु गाईको विश्व किर्तिमानी पन्जाबको मोगा जिल्लास्थित नुरपुर हाकिमा गाउँको डेरी फार्ममा रहेको होलिस्टिन फ्रिजियन जातको गाईले एक दिनमै ६६ दशमलव ७ लिटर दुध दिएर नँया रेकर्ड राखेको हो ।
हरप्रित सिंह हुन्दाल नामका किसानको डेरी फार्ममा रहेको सो गाईले विश्व किर्तिमानी राखेको हो । हुन्दालले आफ्नो डेरी फार्ममा १ सय ४० गाई पालेका छन् र दैनिक २ हजार लिटर दुध दुहुन्छन् । हुन्दाल भारतका किर्तिमानी किसान पनि हुन् । उनले भारतमा सबैभन्दा बढि दुध उत्पादन जितिसकेका छन् ।
मानविकी संकायमा स्नातक गरेका हुन्दालले पछिल्लो १० वर्षयता गाई पालेर दुध उत्पादन गर्दै आएका छन् । सबैभन्दा बढी दुध दिने उनको गाईले दिनमा १५ किलो सम्म दाना खाने गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment