दुर्घटनामा १५ घाइते


दोलखा, ६ चैत । दोलखाको धार्मिकस्थल भीमेश्वर मन्दिर दर्शनका लागि ललितपुरको बडिखेलबाट आएको बा १ ख ६६३३ नम्बरको बस भीमेश्वर नगरपालिका–२ बनटोपरमा दुर्घटना हँुदा १५ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा बडिखेलका गोमा नगरकोटी, लक्ष्मी तमाङ गम्भीर घाइते भएका छन् भने अन्य १३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइतेको चरिकोटस्थित गौरीशङ्कर अस्पतालमा भइरहेको छ । 
खाना खाने विषयमा यात्रुको बस चालकसँग विवाद भएको र चालकले रिसाएर बस चलाउँदा दुर्घटना भएको यात्रीले बताएका छन् । 
दुर्घटनापछि बसका चालक फरार भएको र दुर्घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment