४ चैत, उदयपुर । कटारीमा आईतबारदेखि जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपको पहिलो चरणको अन्तिम खेलमा माइ भ्याली क्लब इलाम सेमिफाइनलमा प्रवेस गरेको छ ।
सप्तरी जिल्ला फुटबल संघलाई ० का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै माई भ्याली क्लब इलाम विजयी बनेको हो ।
निकै प्रतिस्पर्धात्म खेलमा दोस्रो हापको ५५ औ मिनेटमा माई भ्यालीका जर्सी नम्बर १५ का पासाङ्ग लिम्बुको प्रहार गोलमा परिणत भएको थियो । १ गोलले अग्रता लिएको माईभ्यालीका जर्सी नम्बर ११ का विकेस लिम्बुले ७९ औ मिनेटमा पुन अर्को गोल गरे पछि खेल माईभ्यालीको पक्षमा भएको थियो ।
पहिलो हाप सम्म गोल रहित रहेको खेलमा सप्तरी फुटबल संघले गरेको प्रयास निरर्थक बनेको थियो । खेलको म्यान अफ द म्याच माईभ्यालीका जसी नंम्बर ५ का छिरिङ्ग गुरुङ्ग घोषित भए ।
भोलीको पहिलो सेमिफाईनल खेल आयोजक कटारी ११ र सशस्त्र प्रहरीको विभागिय टिम एफिएफ विच हुने छ भने अर्को सेमिफाईनल फ्यान्स क्लब भुटान र माई भ्याली क्लब इलाम विच हुने आयोजकले जनाएको छ ।
चैत्र ७ गते सम्म संञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले ७५ हजारका साथमा ट्रफी हात पार्ने छ ।

0 comments:
Post a Comment