३० फागुन, ताप्तेजुङः हिउँदको समय सुरु भएसँगै ताप्लेजुङमा आगलागीका घटना बढ्न थालेका छन् । आगलागीको उच्च जोखिम रहेको ताप्लेजुङ नगरपालिका आठस्थित सरकारी बन धुसेनीमा शनिवार साँझबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले हाल सम्म सैयौँ हेक्टर जंगल जलेर नस्ट भएको छ ।
जंगल भित्र अझै पनि आगो लागिरहेको स्थानिय रुपनारायण भट्टराईले बताएका छन् । जंगल नजिकै रहेको बस्तिसम्म आगो आएपछि राति दश वजेसम्म अग्नी रेखा कोरी स्थानिय, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बस्ति भने जोगाएका छन् ।
जंगलबाट आगो सुरु हुन साथ स्थानियले सुरक्षा निकायलाई खबर गरेका थिए । आगलागि भएको स्थानमा खबर पाउन साथ दमकल लिएर सशस्त्र प्रहरीको टोलि पुग्दा बस्ति सम्म आगो फैलन नपाएको ताप्लेजुङ नगरपालीकाका प्रमुख डिल्लि पौलेलले बताए । प्रहरी र स्थानियले बस्तिका घरमा पानी छर्किएर र अग्नि रेखा कोरेर आगो लाग्न बाट जोगाएका थिए ।
यस अघि सोहि स्थानमा २०६८ साल चैतमा जंगलबाट सल्किएको आगो नजीकै रहेको घरमा सल्कदा आगोमा परी स्थानीय धनभक्त मगर र उनकी श्रीमती वुद्धिमाया मगरको मृत्यु भएको थियो । ताप्लेजुङमा वर्षेनि आगलागि हुँदा अरबौँको क्षति हुने गरेको छ । सदरमुकाम पनि आगलागिको उच्च जोखिममा रहेको छ ।
यस अघि २०६० चैत १० गते बेलुकी सदरमुकामस्थित विरेन्ऽ चोकमा आगलागी हुँदा ४५ घर जलेको थियो भने २०६९ माघ २६ गते सदरमुकामस्थित शेर्पा टोलमा ८ घर, २०७० कार्त्तिक १८ मा टुक्रेमा आगलागी हुँदा ५ घर, र २०७१ चैत ९ मा तोक्मे बजारमा भएको आगलागीमा ४४ घर जलेको थियो भने १ सय ४५ परीवार विस्थापित भएका थिए ।

0 comments:
Post a Comment