विआरसी भुटानलाई पराजित गर्दै माईभ्याली इलाम फाईनलमा

उदयपुरः उदयपुरको कटारीमा जारी सिभिल होम्स दोस्रो कटारी गोल्डकपमा माईभ्याली फुटबल क्लब, इलाम फाईनलमा प्रवेश गरेको छ । शुक्रबार प्mयान्स क्लब विआरसी भुटानलाई ० का विरुद्ध १ गोल गर्दै माईभ्यालीले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
कडा प्रतिष्पर्धात्मक खेलमा माईभ्यालीका जर्सी नम्बर ६ का राजकुमार कन्दङ्गबाले ६५ औं मिनेटमा गोल गरेका थिए । कन्दङ्गबाको सोही गोल खेलमा निर्णायक बन्यो । खेलमा म्यान अफ द म्याच माईभ्यालीका राजकुमार कन्दङ्गबा घोषित भए ।
अब आईतबार हुने फाइनलमा माईभ्यालीले उपाधिका लागि आयोजक कटारी ११ सँग प्रतिष्पर्धा गर्नेछ । आयोजकले विहिबार सशस्त्र प्रहरी बलको विभागिय टिम एपिएफलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै फाईनलमा आप्mनो स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले ७५ हजारका साथमा ट्रफी हात पार्ने मूल आयोजक समितिले जनाएको छ । फागुन ३० देखि जारी प्रतियोगितामा ८ टिम सहभागी थिए । साथी समूह कटारी र कटारी नगरपालिकाको संयोजनमा कटारीमा कटारी गोल्डकपको दोस्रो संस्करण आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष बिनोद कटुवाल दिवशले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment