प्रमुख अतिथि माननीय राज्यमन्त्री कुन्ती कुमारी शाहीज्यू ,
व्यवस्थापीका संसदका माननीय सदस्यज्यूहरू, प्रमुख जिल्ला अधिकारीज्यू, पूर्व सभासद्ज्यूहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, पूर्व जिविस सभापति तथा उपसभापतिज्यूहरु, कार्यालय प्रमुखज्यूहरु, शिक्षक तथा प्राध्यापकज्यूहरु, नागरिक समाजका प्रतिनिधिज्यूहरु, निजामती तथा शिक्षक सम्बद्ध ट्रेड युनियनका पदाधिकारीज्यूहरु, बुद्धिजिवी, विभिन्न गैर सरकारी तथा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधिज्यूहरु, समाजसेवी, राष्ट्रसेवक एवं जिविसका कर्मचारी साथीहरु, संचारकर्मीज्यूहरु, उपस्थित सम्पूर्ण महानुभावहरु लगायत दिदी–बहिनी तथा दाजुभाईहरु तथा इलामका विभिन्न एफ.एम.मार्फत प्रत्यक्ष प्रसारण सुन्नुहुने सम्पूर्ण आदरणीय जिल्लाबासीमा इलाम जिल्ला विकास समिति र मेरो व्यक्तिगत तर्फबाट समेत हार्दिक स्वागत सहितको नमस्कार ।
सर्वप्रथम लोकतान्त्रिक, दीगो शान्ति तथा सन्तुलित समावेशी र समन्यायिक समुन्नत राज्य विकासका लागि ऐतिहासिक एवं बलिदानीपूर्ण आन्दोलमा सहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक सम्मान र भावपूर्ण श्रद्धा अर्पण गर्दछु ।
नेपाली जनताको चाहना बमोजिम संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भै जनताको सयौं बर्षको इच्छा र चाहनालाई पुरा गरेको छ । संविधानले संघीयता, समावेशीको सिद्धान्त, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, सामाजिक सुरक्षा लगायतका हकहरुलाई सुरक्षित गरेको छ । यस अवसरमा जनतालाई सार्वभौम अधिकार दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका माननीय सभासदज्यूहरुमा हार्दिक आभार प्रकट गर्दछौं । संविधान सफल कार्यान्वयन गर्ने अहिलेको साझा राष्ट्रिय जिम्मेवारी रहेको छ । लामो समय देखि निर्वाचन नभैरहेको अवस्थामा चाडै निर्वाचन हुनेमा २२ औं जिल्ला परिषद् विश्वस्त रहेको छ । २०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यस पछिको पराकम्पनहरूले जनधन, ऐ तिहासिक तथा सांस्कृतिक धरोहर समेतमा क्षति पुर्याएको छ । यस जिल्लामा नीजि तथा सार्वजनिक पूर्वाधारमा समेत महाभूकम्पले असर गरेको हुँदा बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ लाई थप प्रभावकारी कार्यान्वयन गरिनेछ ।
जिल्ला विकास समितिको आमन्त्रणलाई स्वीकार गरी इलाम जिल्ला परिषद्को आर्थिक बर्ष २०७३र०७४ को जिल्ला विकास योजना सार्वजनिकीकरण समारोहको उद्घाटन गरी हामीलाई अमूल्य समय दिई हौसला प्रदान गर्नु भएकोमा प्रमुख अतिथिज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
अब म जिल्ला परिषदको २२ औं बैठकबाट पारित आर्थिक बर्ष २०७३र०७४ को जिल्ला विकास योजनालाई यस गरिमामय समारोह मार्फत् सार्वजनिक गर्ने अनुमति चाहान्छु ।
आदरणीय उपस्थित महानुभावहरु तथा प्रत्यक्ष प्रसारण सुनिरहनु भएका इलामबासीहरु,
विगत एक दशक भन्दा बढी समय देखि स्थानीय निकाय जनप्रतिनिधि नरहेको विद्यामान अवस्थामा पनि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार, विभिन्न सरकारी कार्यालय, गैसस, समाजसेवी आदि सबै सरोकारवालाहरुको सक्रिय सहभागिता, समन्वय र सहकार्यबाट नै जिल्लाको समग्र विकासको लागि २०७३र०७४ को बार्षिक जिल्ला विकास योजना तयार गरेका छौं । यस कार्यमा योगदान पुर्याउने सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।
जिल्ला विकास योजना तयार गर्ने क्रममा योजना तर्जुमा प्रक्रियाका चौध चरणहरु पार गर्दै सहभागितामूलक प्रक्रियाबाट प्राथमिकता प्राप्त योजनालाई जिल्ला परिषदबाट पारित गरिएको छ । यस जिल्ला विकास योजना तर्जुमा गर्दा नेपालको संविधान २०७२, सहस्राब्दी विकास लक्ष्यको समिक्षा, तेह्रौं योजना, दक्षिण एशिया क्षेत्रिय सहयोग संगठन क्ब्ब्च्ऋ का विकास लक्ष्य, दिगो विकासका लक्ष्य, मानव अधिकार एवं जलवायु परिवर्तन लगायत अन्तर्रा्ष्ट्रिय तथा क्षेत्रियस्तरका प्रतिबद्धताहरु, योजना आयोगबाट प्राप्त मार्गदर्शन, आवधिक योजनाले परिलक्षित गरेका जिल्ला स्तरीय प्राथमिकता तथा विषयगत गुरुयोजना मन्त्रालयबाट प्राप्त मार्गदर्शन, निर्देशन, परिपत्र र सम्बन्धित निर्दे्शिकालाई समेत आधार लिइएको छ ।
समून्नत न्यायपूर्ण हरीत इलाम भन्ने परीकल्पनालाई अंगिकार गर्दै आ.ब. २०७२र७३ देखि पाँच वर्षे जिल्ला विकास आवधिक योजना तर्जुमा भै सकेकोले वार्षिक जिल्ला विकास योजना तर्जुमा गर्दा यसैबाट निर्देशीत भई कार्यान्वयन गरिनेछ । स्थानीय निकायमा सिमित श्रोत साधनका कारण सबैको आवश्यकतालाई सम्बोधन गर्न कठिन हुने वर्तमान अवस्थामा सिमित श्रोतका बावजुद जिल्लाका सबै वर्ग, क्षेत्र, समूह, तहका महिला बालबालिका, उपेक्षित उत्पीडित दलितवर्ग, आदिबासी जनजाती, अपांगता भएका व्यक्ति लगायत विभिन्न लक्षित वर्ग सबैलाई समेटी जनताको आकांक्षा, भावनालाई न्यायोजित र सन्तुलित रुपमा सम्बोधन गर्ने प्रयास गरिएको छ ।
आदरणीय महानुभावहरु,
अब म आगामी आ.व.०७३र०७४ का लागि अवलम्बन गरिएका उद्देश्य, मुख्य नीति तथा कार्यक्रमहरु संक्षेपमा प्रस्तुत गर्न चाहान्छु । विस्तृत नीतिको हकमा जिल्ला विकास योजनाका प्रमुख नीतिमा उल्लेख गरेकोछु र सोही अनुसार कार्यान्वयन गरिने व्यहोरा अनुरोध गर्दछु ।
आगामी आर्थिक बर्ष २०७३र०७४ को जिल्ला विकास योजनाका उद्देश्यहरुः
ड्ड कृषि क्षेत्रको उत्पादकत्व बृद्धि, विविधिकरण, व्यवसायीकरण तथा औद्योगिकरणको माध्यमबाट आर्थिक विकास गरी गरिबी न्यूनिकरण गर्ने ।
ड्ड कृषि उत्पादनलाई प्रतिस्पर्धात्मक, व्यवसायीकरण र विविधिकरण गरी दिगोपन कायम राख्न हरित कृषि (न्चभभल ब्नचष्अगतिगचभ) मा जोड दिने ।
ड्ड उत्पादनमूलक, रोजगारी तथा अवसरको सिर्जना गर्ने क्षेत्रलाई प्राथमिकता दिने ।
ड्ड लक्षित वर्गहरु दलित, महिला, बालबालिका, आदिबासी जनजाति, जेष्ठ नागरिक, अपाङ्ता भएका व्यक्ति, अधेशी, मुस्लिम, पिछडा वर्गलाई प्रत्यक्ष समावेश गर्न सक्ने विकास कार्यलाई प्राथमिकता दिई समावेशी विकासमा जोड दिने ।
ड्ड आन्तरिक स्रोतका दायरालाई फराकिलो बनाई राजश्वमा बृद्धि गरी विकासको मागलाई सम्बोधन गर्ने ।
ड्ड जलवायु परिवर्तन अनुकूलित हुने गरी वातावरण मैत्री विकासका कार्यक्रमहरु संचालन गर्ने ।
ड्ड विकास प्रकृयामा निजी, सरकारी र सहकारी क्षेत्रको योगदान अभिबृद्धि गरी सहकार्य र समन्वयमा कार्य संचालन गर्ने ।
ड्ड इलामलाई नेपालको आकर्षक पर्यटन स्थलको रुपमा विकास गर्ने ।
ड्ड शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारबाट सामाजिक पूँजी निर्माण गर्ने ।
ड्ड स्थानीय जनताको पहिचान र सहभागितामा आधारित आयोजना निर्माण र भौतिक पूर्वाधार विकास गर्ने ।
ड्ड जनतालाई प्रदान गरिने सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन भ्(न्यखभचलबलअभ लाई प्रोत्साहन गर्दै प्रकृयागत र प्रणालीगत सुधार गर्ने ।
विशेष नीतिः
ड्ड वि.स.१८७५ मा स्थापना भएको इलाम सदरमुकामको २०० बर्ष को अवसरलाई जिल्लाकै उत्सवका रुपमा मनाउन तथा यसलाई इलामको भावी दिशा र गतिनिर्धारण गर्ने प्रस्थान विन्दु बनाउनको लागि इलाम २०० नामक ३ बर्षे विशेष कार्यक्रम संचालन गरिनेछ ।
ड्ड इलाम नगरपालिकामा खानेपानीको सहज आपूर्तिका लागि इलाम बजार तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायमा विशेष अनुरोध गरिनेछ ।
ड्ड इलामेली जनताको जीविकोपार्जनको मेरुदण्डको रुपमा रहेको कृषिलाई थप व्यवसायिक र उत्पादनशील बनाई स्वस्थ, गुणस्तुयुक्त, दीगो र दरिलो कृषि प्रणाली अपनाइनेछ । इलाम जिल्लाबाट उत्पादित कृषि उत्पादनलाई प्रतिस्पर्धात्मक बनाई व्यवसायीकरण र विविधीकरणमा जोड दिई दीगोपना कायम राख्न हरित कृषि (न्चभभल ब्नचष्अगतिगचभ) अभियानलाई योजना तथा कार्यक्रमका माध्यमबाट कार्यान्वयन गर्न हरित कृषि सम्बन्धी प्रारुपको आधारमा यस जिल्लाको रणनीतिक हरित कृषि योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ । हरित कृषि, इलामको समृद्धि अभियानमा सरोकारवालाहरुको सहभागितामा रणनीतिक योजना बनाई इलामलाई निश्चित बर्ष भित्र हरित कृषि जिल्ला घोषणाका लागि सो सम्बन्धी योजना तथा कार्यक्रमहरुलाई सम्बन्धित सबै क्षेत्रसँग सहकार्य र साझेदारीमा संचालन गर्ने विशेष नीति अवलम्बन गरिनेछ ।
ड्ड इलाम बजार अवस्थित राष्ट्रिय सम्पदाको रुपमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको चिया कारखाना र इलामको पहिचानको रुपमा रहेको चियाबगानको दुरावस्थालाई ध्यानमा राखेर यसको संरक्षण, सम्बद्र्धनका लागी सम्बन्धित निकायमा विशेष अनुरोध गरिनेछ ।
नीति तथा कार्यक्रमहरुः
१. राजश्व परिचालन सम्बन्धी नीति
ड्ड राजश्वको दायरालाई फराकिलो बनाई समयानुकूल परिमार्जन गरी आन्तरिक स्रोत बृद्धि गर्ने र प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
ड्ड जिल्ला भित्रका जिविसबाट निर्माण भएका सडक पूर्वाधारमा स्तरोन्नति गरी प्रयोगकर्ताबाट नै कर लिने र सोही क्षेत्रमा लगानी गरी मर्मत संभारको व्यवस्था गर्ने कार्यलाई थप प्रभावकारी बनाइनेछ ।
ड्ड स्थानीय स्वायत्त शासन नियमावली, २०५६ मा व्यवस्था भए अनुसारको कर, सेवा, शुल्क, दस्तुर तथा राजश्व बाँडफाँड सम्बन्धी समयानुकूल परिवर्तन गर्न सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।
ड्ड यस जिल्लाभित्र हाल निर्माणाधीन हाइड्रोपावर र पछि निर्माण हुने हाइड्रोपावर कम्पनीसँग प्राकृतिक स्रोत उपयोग गरे बापत सोको कर संकलनको मापदण्ड तयार गरिएकोमा सो मापदण्डलाई परिमार्जन गर्ने तथा कर संकलनमा प्रभावकारिता ल्याईनेछ ।
ड्ड जिल्ला भित्रका नदी नालाका रोडा, ढुंगा, गिट्टी, बालुवा उत्खननका लागि नयाँ क्ष्भ्भ्, भ्क्ष्ब् गर्ने र भएकालाई पुर्नमूल्यांकन गरी कर संकलनलाई प्रभावकारी बनाइनेछ ।
२. पूर्वाधार सम्बन्धी नीतिः
ड्ड आवधिक जिल्ला विकास योजनामा उल्लेखित इलाम जिल्लाको गौरवका आयोजनाहरुलाई प्राथमिकताका साथ संचालनमा ल्याउन आन्तरिक स्रोत साधन साथै केन्द्रबाट बजेटको माग गरी संचालन गरिनेछ ।
ड्ड छिमेकी जिल्ला, ठूला बजार केन्द्र, सघनबस्ती, एवं ठूला विकास पूर्वाधार भएका क्षेत्रसँग जोडिएका र जोड्ने सडकहरुको स्तरोन्नती गर्न विशेष प्राथमिकता दिइने छ ।
ड्ड जिल्लाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थलको रुपमा रहेको रामसार क्षेत्रको माईपोखरी, सन्दकपुरसम्म पुग्ने बाटो (विब्ल्याँटे देखि माईपोखरी) सम्म र पश्चिमी भेगको धार्मीक पर्यटकीय क्षेत्र गजुरमुखीसम्म जोड्ने सडक, चुलाचुली, बाँझो, साकफारा, इभाङ, गजुरमुखी, लुम्दे, फूएतप्पा, आमचोक, फाकफोक र चमैताका साथै छिमेकी जिल्ला पाँचथरको दक्षिणी क्षेत्रलाई समेट्ने सडक दमक–चिसापानी–रवी–राँके सडक (फाल्गुणनन्द मार्ग) र जिल्लालाई क्षेत्रीय सञ्जालसम्म जोड्नका लागि रवी राजारानी देखि भेडेटारसम्म जोड्ने लगायत सबै सडकलाई कालोपत्रे गर्न सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।
ड्ड जिल्लाका विद्युत तथा सञ्चार सुविधा नपुगेका गाविसहरुमा ग्रामीण विद्युतीकरणका लागि स्थानीय निकायमा प्राप्त स्रोत समेत परिचालन गर्ने तथा केन्द्रीय निकायमा बजेट व्यवस्थाका लागि अनुरोध गरी पठाइनेछ ।
ड्ड यस जिल्लामा नेपाल सरकारबाट लागू गरिएको बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मापदण्ड, २०७२ र भू–उपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
ड्ड सडक क्षेत्राधिकार सम्बन्धी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ साथै कोल्बुङ देखि राँके सम्म मेची राजमार्गको छेउछाउ (च्ष्नजत या धबथ) भित्र अतिक्रमण गरी निर्माण भएका संरचनाहरुलाई जिल्लाका विभिन्न निकायहरुसँग समन्वय गरी हटाइने छ ।
ड्ड राजमार्गको छेउछाउमा जग्गा खारी प्राकृतिक सौन्दर्यलाइ नविगार्ने गरी पूर्वाधार निर्माण गर्दा विभिन्न सेवा सुविधा उपलव्ध गराउने लगायतका नीति अवलम्बन गरिनेछ । साथै प्राकृतिक सौंन्दर्यता विगारी पूर्वाधार निर्माण गर्ने कार्यलाई निरूत्साहित गरिनेछ ।
ड्ड इलाममा रहेको एकमात्र फाल्गुनन्द हवाई मैदान (ब्ष्चउयचत) को निर्माण कार्य सम्पन्न गरी यथाशिघ्र संचालनमा ल्याउन सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।
ड्ड इलाम जिल्लामा रहेको एक मात्र शीतभण्डार (ऋयमि क्तयचभ) लाई प्रभावकारी बनाउन उन्नती समावेशी कार्यक्रम मार्फत विभिन्न सहयोग लिइनेछ ।
ड्ड इलाम जिल्लामा बर्षै भरी पूर्ण सिंचित र मौसमी सिंचित हुने क्षेत्र वर्गीकरण गरी सिंचाई सुविधामा बृद्धि गर्न विभिन्न योजना संचालन गरिनेछ । साथै सिंचाईको लागि तलाउ, पोखरी बनाएर पानी जम्मा गर्ने वैकल्पिक प्रविधि निर्माण गर्ने नीति रहेकोछ ।
३. स्वास्थ्य र जनसंख्या सम्बन्धी नीतिहरु
ड्ड बाल मृत्यु र शिशु मृत्युलाई कम गर्न नियमित तथा राष्ट्रिय स्तरमा संचालन हुने खोप कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्दै सन् २०१८ भित्र पोलियो उन्मुलन र सन २०१९ भित्र दादुरा निवारण गरिने छ । साथै इलाम पूर्णखोप जिल्ला घोषणा भै सकेकोले पूर्ण खोप सुनिश्चितताको निरन्तर अनुगमन गरिने छ ।
ड्ड औलो रोगबाट हुने विरामीलाई दरलाइ कम गर्न विभिन्न स्वास्थ्य संस्था मार्फत शंकास्पद औलो रोगीको निदान गरी तत्काल उपचार गर्ने एव सन् २०२० सम्म औलो रोग निवारण गरिनेछ ।
ड्ड नसर्ने रोगहरु जस्तै क्यान्सर, मधुमेह, मुटुरोगहरु लाग्ने जोखिमहरु पत्ता लगाउन अनुसन्धानको साथै यस्ता रोगहरुको रोकथाम, नियन्त्रण साथै व्यवस्थित रुपले उपचार प्रणाली सुरु गरिनेछ ।
ड्ड हात्तीपाइले बिरुद्धको औषधी खुवाउने अभियान मार्फत २०७५ भित्र हात्तीपाइले रोग निवारण गरिनेछ । साथै जापानिज इन्सेफलाइटिस खोप अभियान शुरु गरिनेछ ।
ड्ड इलाम अस्पताल ५० शैयाको अस्पतालमा स्तरोन्नती भएको र सोही बमोजिम स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दरवन्दी पदपुर्ति लगायत स्तरोन्नतीमा सम्बन्धित क्षेत्रसँग सहकार्य गरिनेछ ।
ड्ड सर्योदय नगरपालिका तथा देउमाई नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नतीका लागि सम्बन्धित निकायमा अनुरोध गरिनेछ ।
ड्ड जनसंख्या व्यवस्थापनका कार्यक्रमहरु संचालन गर्ने साथै जनसंख्या व्यवस्थापन सम्बन्धी कार्यहरुमा निजी तथा गैसस क्षेत्रसँगको साझेदारीमा संचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
४. खानेपानी र सरसफाई सम्बन्धी नीतिहरु
ड्ड शहर उन्मुख गा.वि.स.हरूका खानेपानी आयोजनाहरुमा क्रमिक रुपमा प्रशोधन प्रणालीहरु मार्फत सेवा विस्तार गरिनेछ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०६२ बमोजिम सेवास्तर क्रमशः वृद्धि गर्दै लगिने छ । नयाँ खानेपानी आयोजना निर्माण गर्नु अघि पानीको गुणस्तर परीक्षण गर्नुपर्ने प्रावधानलाई अनिवार्य रुपले लागू गरिने नीति लिइनेछ ।
ड्ड नयाँ तथा पुराना खानोपनी आयोजनाहरुमा क्रमिक रुपमा खानेपानी सुरक्षा योजना (ध्बतभच कबाभतथ एबिल) लागु गर्दै लगिनेछ ।
ड्ड जिल्लाका सबै घरपरिवारलाई स्वच्छ, सुरक्षित एवम् पर्याप्त खानेपानी सुविधा प्रदान गर्ने लक्ष्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
ड्ड जिल्लालाई खुला दिशामुक्त घोषणा गरीसकिएकोले सन् २०२५ सम्ममा इलाम जिल्लालाई पूर्ण सरसफाईयुक्त देशकै नमूना जिल्ला बनाउने संकल्पका साथ पूर्ण सरसफाई हाम्रो पौरख, स्वच्छ इलाम हाम्रो गौरव मूल नारालाई आत्मसाथ गर्दै सफा, स्वच्छ, समृद्ध जिल्ला बनाउन पूर्ण सरसफाई रणनीतिक कार्ययोजना लागू गरिनेछ ।
ड्ड पूर्ण सरसफाई अभियानको क्रियाकलापहरुलाई हरियाली प्रवर्द्धन, भ्ँीन्, गरिबी न्यूनीकरणका लागि आयआर्जन र पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यहरुसँग एकीकृत गरी सरसफाईमा दिगोपना कायम गरिनेछ ।
ड्ड खुला दिसामुक्त, पूर्ण खोप र साक्षरता सम्बन्धी प्राप्त उपलब्धिहरुलाई संस्थागत रुपमा बिस्तार गर्दै उपलब्धीको दायरालाई अझ व्यापक बनाउन प्लाष्टिकको अनुचित प्रयोगलाई नियन्त्रण, सुधारिएको चुलो प्रवर्द्धन, धुम्रपानरहित आदि जस्ता समुदाय निर्माणमा सहयोग गरिनेछ ।
ड्ड इलाम प्रवेश गर्ने राजमार्गका विभिन्न क्षेत्रहरु र जिल्लाका प्रमुख व्यापारीक केन्द्रहरुमा सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप सार्वजनिक शौचालय (वायोग्यास जडित) निर्माण तथा संचालन नीति रहनेछ ।
५. महिला सम्बन्धी नीतिहरु
ड्ड लैगिक हिंसा, भेदभाव र बहिष्करण अन्त्यको लागि निरोधात्मक र संरक्षणात्मक उपायहरु अवलम्बन गर्ने नीति रहनेछ ।
ड्ड आर्थिक तथा सामाजिक रुपमा पछि परेका विपन्न र एकल महिलाको लागि रोजगारी तथा आयका अवसरहरु बढाइने कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड महिलाहरुको क्षमता अभिबृद्धि गर्न जि।वि।स।बाट सन्चालन हुने केही कार्यक्रममा महिलाको मात्रै उपभोक्ता समिति, महिला सहकारी वा महिला समूह मार्फत कार्यक्रम सन्चालन गर्न उत्प्रेरित गरिने कार्यलाई निरन्तरता दिईनेछ ।
ड्ड सहभागीतामूलक योजना तुर्जुमा प्रक्रृयामा महिला वर्गको सहभागितालाई थप प्रभावकारी बनाइनेछ ।
ड्ड लैंगिक समानताका लागि पाइला हाराहारी – सन् २०३० सम्म हिस्सा बराबरी भन्ने अभियानलाई संस्थागत गर्दै लगिनेछ ।
६. बालबालिका सम्बन्धी नीतिहरु
ड्ड बालमैत्री स्थानीय शासन जिल्ला कार्ययोजनामा उल्लेखित क्रियाकलापहरु कार्यान्वयन गरी गाविसहरुलाई वालमैत्री घोषणा गर्ने नीति लिइनेछ ।
ड्ड बाल सहभागिता, वाल संरक्षण, वालबचाउ र वाल विकासका लागि वाल सञ्जाल तथा गाउँ स्तरीय वाल संरक्षण संवर्द्धन समिति (ख्ऋएऋ) तथा सरोकारवालाहरुको क्षमता विकास र सुदृढीकरणको नीति कायम राखिनेछ ।
ड्ड वालवालिका तथा किशोरकिशोरीको शारीरिक र बौद्धिक विकासमा जोड दिने नीति लिइनेछ ।
ड्ड अपांगता भएका वालवालिकाको अपांगता रोकथाम तथा पुनर्स्थापना सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।
ड्ड बालबालिकाको शारीरिक र मानसिक व्यक्तित्व विकासको लागि प्रबद्र्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
७. युवा सम्बन्धी नीति
ड्ड युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धनका लागि गाउँमै रोजगार गाउँमै धन, इलामबाटै थालौं राष्ट्रिय अभियान नीतिलाई प्रभावकारी रुपमा अगाडी बढाईनेछ ।
ड्ड आन्तरिक र अन्तर्रा्ष्ट्रिय युवा अनुभव आदान–प्रदान गर्न युवा सम्मेलन गर्ने नीति रहने छ ।
ड्ड यूवाहरुको शैक्षिक उन्नयन, व्यक्तित्व, खेलकूद, संगीत, नेतृत्व, व्यवसायिक एवम् उद्यमशीलता विकास र रोजगारीको सिर्जना गर्न सघाउ पुर्याउन तीन वटै निर्वाचन क्षेत्रमा सम्बद्ध सरोकारवाला, सरकारी, गैह्र सरकारी एवम् नीजि क्षेत्रको साझेदारीमा एक एक वटा युवा तथा बालबालिका परामर्श केन्द्रको व्यवस्था गरी सञ्चालनमा ल्याइने छ ।
ड्ड दुरव्यसन एवं कुलत जस्ता असामाजिक क्रियाकलापबाट युवाहरूलाई मुक्त गर्न सम्बन्धित क्षेत्रगत निकायहरू र गैर–सरकारी संस्थाहरूसँगको सहकार्य तथा समन्वयमा विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
ड्ड राष्ट्रिय युवा नीतिका आधारमा स्थानीय कार्ययोजना तर्जूमा गरी कार्यान्वयनमा ल्याइने छ ।
८. अपाङ्गता र भिन्न क्षमता सम्बन्धी नीतिहरु
ड्ड जिल्लाका सबै सार्वजनिक निकायहरुमा भौतिक पूर्वाधार निर्माण तथा सेवा प्रदान अपाङ्ग मैत्री बनाइनेछ ।
ड्ड अपांगता सम्बन्धी संस्थागत क्षमता विकास, शारीरिक पुनःस्थापना, स्वास्थ्य शिविर, वौद्धिक अपांगता सशक्तिकरण, अपांगता पुर्नस्थापना केन्द्र संचालन गर्ने कार्यलाई विशेष जोड दिइनेछ ।
ड्ड अपांगता भएका वर्गका लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
ड्ड अपांगता परिचयपत्र वितरण कार्यलाई गाउँ गाउँबाट सरल र सहज ढंगबाट उपलव्ध गराउने व्यवस्था गरिनेछ ।
९. जेष्ठ नागरिक, मधेशी, मुस्लिम तथा पिछडा वर्ग सम्बन्धी नीतिहरु
ड्ड सरकारी, गैरसरकारी, सहकारी, निजी तथा स्थानीय संघ संस्थाहरुको समन्वय र सहकार्यमा जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा राहत कोष स्थापना गर्ने नीति लिइनेछ ।
ड्ड जेष्ठ नागरिकहरुको ज्ञान, शीप र अनुभवलाई अधिकतम सदुपयोग गर्ने र जेष्ठ नागरिकहरुको अनुभव र सीपलाई सामाजिक तथा आर्थिक विकासको कार्यमा उपयोग गरी उनीहरुको जीवन सहज, सुरक्षित र सम्मानित गराउने नीति अवलम्वन गरिनेछ ।
ड्ड अन्तरपुस्ता सौहाद्रता कायम गर्नको लागि विद्यालय स्तरीय पाठ्यक्रममा समावेश गर्ने र चेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
ड्ड मधेशी, मुस्लिम तथा पिछडावर्गको उत्थान एवं विकासका लागि विशेष प्रकारका कार्यक्रम संचालन गरिनेछ ।
१० दलित वर्ग सम्बन्धी नीतिहरु
ड्ड दलित समुदायका परम्परागत पेशासँग सम्बन्धित आधुनिक व्यवसायमा उनिहरुलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने शीप र श्रोत उपलब्ध गराउने र सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्था गर्ने नीति रहनेछ ।
ड्ड जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ मा भएका व्यवस्थाहरुको प्रभावकारी रुपमा प्रचार–प्रसार गरी समाजमा रहेको छुवाछुत तथा सामाजिक विभेद उन्मूलनको अभियानलाई निरन्तरता दिईनेछ ।
ड्ड सहभागीतामूलक योजना तुर्जुमा प्रक्रृयामा दलित वर्गको सहभागितालाई प्रभावकारी बनाउने तथा निर्णय तहमा दलित वर्गको सहभागितालाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
ड्ड दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्ने विशेष नीति लिईनेछ ।
११. आदिवासी जनजाती, अल्पसंख्यक तथा लोपोन्मुख जाती सम्बन्धी नीति
ड्ड आदिवासी जनजातिको उत्थान तथा विकासका लागि पंच वर्षिय योजना अनुरुप सामाजिक, साँस्कृतिक, धार्मिक तथा आर्थिक विकासका लागि कार्यक्रमहरु संचालन गरिनेछ ।
ड्ड सहभागीतामूलक योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रृयामा आदिवासी जनजातिको सहभागितालाई थप प्रभावकारी बनाइनेछ ।
ड्ड अल्पसंख्यक तथा लोपोन्मुख जाती बारेमा सामाजिक आर्थिक एवम् सास्कृतिक अध्ययन अनुसन्धानका क्षेत्रहरु पहिचान गरी अध्ययन अन्वेशषणलाई प्रोत्साहन दिइने छ ।
ड्ड किराँत मुन्धुम, प्रकृति परम्परा, बौद्ध धर्म लगायतका विविध जाती, संस्कृति, भेषभुसा, रितिरिवाज, भाषा आदि पक्ष सम्बन्धी अध्ययन, अन्वेषण, अभिलेखीकरण तथा प्रकाशन कार्यलाई समेटिने छ ।
१२. शिक्षा तथा खेलकुद सम्बन्धी नीति
ड्ड सबै तहको शिक्षालाई गुणस्तरीय, जीवनउपयोगी, सिपमूलक, रोजगारमूलक एवम् समसामयिक बनाउन विशेष प्राथमिकता र प्रोत्साहन दिइने छ ।
ड्ड शिक्षकका पेशागत संघ संगठन र सञ्जाल, विद्यालय व्यवस्थापनका पदाधिकारी, र शिक्षक एवं विद्यार्थीहरुलाई आचारसंहिता निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिने छ ।
ड्ड जिल्लामा रहेको उच्च शिक्षाको मुख्य केन्द्र महेन्द्र रत्न बहुमुखी क्याम्पसको गुणस्तरीय शिक्षा प्रदान गर्न पूर्वाधार एवम् क्षमताको अभिवृद्धि, एवम् प्राविधिक तथा व्यवसायिक शिक्षा, र विज्ञान संकाय थप गर्दै विश्वविद्यालयका रुपमा स्तरोन्नती गर्न विशेष पहल गरिने छ ।
ड्ड सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन गराउन प्रोत्साहन गरिने छ र प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको शुरुवात गर्ने तथा सोका लागि आवश्यक पूर्वाधारहरु समेत निर्माण गरिदै लगिनेछ ।
ड्ड यस जिल्लामा मेडिकल कलेज र नर्सिङ कलेज स्थापनाका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
ड्ड जिल्ला भित्रका सामुदायिक विद्यालयहरु मध्ये शैक्षिक सूचकांकका आधारमा कम्तिमा एउटा विद्यालयलाई सम्भाव्यताको अध्ययनको आधारमा छनोट गरी नमूना विद्यालयको रुपमा संचालन गर्न आवश्यक पहल गरिनेछ ।
ड्ड विद्यार्थीको प्रतिभा (संगीत, गायन, नृत्य, अभिनय आदि) तथा खेलकुदको विकासका लागि स्थानीय तहमा हरेक गाउँ शिक्षा समितिको मातहतमा एक अतिरिक्त क्रियाकलाप विकास कोष स्थापना गरिनेछ ।
ड्ड नेपाल राज्यको प्रतिनिधित्व गदै अन्तर्रा्ष्ट्रिय स्तरको खेलकूद लगायत प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने इलामेलीलाई सम्मान सहित पुरस्कृत गरिने नीति लिईनेछ ।
ड्ड विभिन्न खेलकूल प्रतियोगिता संचालनका लागि जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा खेलमैदान, कवर्डहल, मापदण्डयुक्त रंगशाला लगायका आवश्यक भौतिक पूर्वाधारको निर्माण र सुव्यवस्थित संचालनका लागि विशेष जोड दिइनेछ ।
१३. कृषि तथा पशुपक्षी विकास नीति
ड्ड हरित कृषिः इलामको समृद्धि अभियानलाई मूर्तरुप दिन रासायनिक मल तथा विषादीको प्रयोगलाई न्यूनिकरण गर्दै इलाम जिल्लालाई प्राङ्गारिक खेतीतर्फ उन्मुख गराउने नीति लिइनेछ ।
ड्ड प्रभावकारी र वैज्ञानिक भूउपयोग नीतिले मार्गदर्शन गरे अनुरुप नयाँ कृषि विकास रणनीति परिलक्षित गरेका पकेट क्षेत्र विकास कार्यक्रम अनुरुप कृषिको व्यवसायीकरण र विविधीकरणका आधारमा उत्पादन वृद्धिलाई विशेष जोड दिइने छ ।
ड्ड कृषिमा संलग्न युवाहरुको खेल भावना, क्षमता, रुची, शारीरिक सुसंगठनलाई मनोरञ्जनात्मक ढंगले संबोधन गर्न कृषि ओलम्पिकको थालनी गरिनेछ ।
ड्ड इलाम जिल्लालाई खाद्य सुरक्षित बनाई आपूर्तिमा आत्मनिर्भर बनाउने विशेष नीति रहेकोछ ।
ड्ड इलाम जिल्लालाई व्यवसायिक तथा दिगो कृषिको अनुसन्धान, अन्वेषण र अध्ययन एवम् सिकाईको स्रोत केन्द्रका रुपमा विकास गर्ने नीतिलाई प्राथमिकता दिइनेछ ।
ड्ड दुध उत्पादनको पकेट क्षेत्र विस्तार गरिनेछ ।
ड्ड साना तथा मझौला डेरी उद्योग प्रवर्द्धन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
ड्ड चियाक्षेत्रमा छुट्टयाउने रकमको कोष खडा गरि कार्य्विधि बनाई सोही अनुसार खर्च गर्ने नीति रहनेछ ।
ड्ड कृषिजन्य उत्पादनमा विषादि रहे नरहेको जाँच गर्नको लागी विषादी अवशेष विश्लेषण यन्त्रको स्थापना गरिनेछ ।
ड्ड पशुपक्षी उत्पादक कृषक, समुदाय, सहकारी संस्था एवं उद्यमीहरुलाई स्थानीय तहबाटै एकिकृत रुपमा प्राविधिक एवं अन्य सेवा उपलब्ध गराउने नीति रहेको छ ।
ड्ड परम्परागत एवं निर्वाहमुखी पशुपंक्षी पालनलाई व्यवसायीकरण गर्दै जाने नीति रहनेछ ।
ड्ड पशुपंक्षी पालनलाई महिला तथा युवा स्वरोजगारको माध्यम बनाई उनीहरुलाई पशुजन्य पदार्थको उत्पादन, प्रशोधन, व्यवस्थापन र बजारीकरणमा लाग्न प्रोत्साहन गरिनेछ ।
१४. पर्यटन सम्बन्धी
ड्ड जिल्लाका प्रमुख पर्यटकीय गन्तब्य, उपज एवम् आकर्षणहरुको आन्तरिक तथा बाह्य पर्यटन बजारमा बजारीकरणका लागि देशका मुख्य पर्यटकीय केन्द्र (त्यगचष्कm ज्गद) हरुमा इलाम डेस्क (क्ष्बिm म्भकप) को स्थापना गर्न नीजि, सामुदायिक र सरकारी निकायहरुसँग सम्बन्ध, समन्वय र साझेदारीको विकास एवम् विस्तार गर्दै लगिने छ ।
ड्ड इलाम जिल्लामा रहेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका क्षेत्रहरु श्रीअन्तु, माईपोखरी, गजुरमुखी, सानो पाथीभरा, सन्दकपुर, सिद्धिथुम्का, माङ्गमालुङ्ग (इभाङ्ग, बाँझो), मिक्लाचुङ्ग डाँडा, अजम्बरे डाँडा (सिद्धिथुम्का, जीतपुर), माङ्सेबुङ्ग (बाँझो, लारुम्बा) लाई पर्यटकीय क्षेत्रको रुपमा दीगो विकास एवं व्यवस्थापनका योजना तथा कार्यक्रमहरु संचालन गर्न एकीकृत गुरुयोजना निर्माण गरिनेछ ।
ड्ड माङ्गसेबुङ् किरात धार्मीक स्थल लारुम्बालाई राष्ट्रिय सम्पदा सूचीमा राख्न आवश्यक पहल गरिनेछ ।
ड्ड इलाम जिल्लामा पाइने दुर्लभ प्रजातिको रेडपाण्डा संरक्षण गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
ड्ड रामसारमा सूचिकृत जैविकविविधताले महत्वपूर्ण माईपोखरी लगायत विभिन्न क्षेत्रमा पाईने दुर्लभ प्रजातिका चराचुरुङ्गी र वनस्पतिको संरक्षण र प्रवर्द्धन गर्न राष्ट्रिय स्तरका फोटो पत्रकारलाई प्रोत्साहन लगायत विभिन्न कार्यक्रम संचालन गरी प्रचार प्रसार गर्ने नीति लिइनेछ ।
ड्ड यस जिल्लामा रहको कोल्बुङ्ग र पशुपतिनगरको सूचना केन्द्र प्रभावकारी रुपमा संचालन गरिने र कोल्बुङ्ग हुँदै इलामसम्म आउने पर्यटकहरुलाई राजमार्गको छेउछाउमा घरबास पर्यटनको व्यवस्था गरिने नीति रहेको छ ।
१५. उद्योग प्रवर्द्धन, वन तथा वातावरण संरक्षण सम्बन्धी
ड्ड उच्च मुल्यका वनस्पति तथा जडिबुटीहरुको पहिचान, दिगो संकलन, प्रविधि विकास, व्यवसायिक खेती र बजारीकरण गर्न समुदाय र नीजि क्षेत्रको सहकार्य र साझेदारीलाई प्रोत्साहन गरिने छ ।
ड्ड जिल्लाभित्र रहेका ताल, तलैया पोखरी र सीमसारहरुको प्राथमिकता तोकी विषयगत कार्यालयको समन्वयमा संरक्षण र व्यवस्थापनमा जोड दिईनेछ ।
ड्ड यस जिल्लामा उत्पादन भई प्याकेजिङ्ग गरी बाहिर पठाउने उत्पादनमा जिविस र उद्योग वाणिज्य संघ, इलामको सहकार्यमा जिल्लाको पहिचान खुल्ने प्रतीक चिन्ह (लोगो) लेबेलिङ्गमा टाँस गर्नुपर्ने व्यवस्था गरी सोको तोकिए बमोजिम दस्तुर लिने नीति रहनेछ ।
ड्ड यस जिल्लामा वाँस प्रचुर मात्रामा पाईने भएकोले यसमा आधारित उद्योग विकास गर्ने नीति लिइनेछ । साथै वाँसको रोपण एवं विस्तारलाई संरक्षण एवं आय आर्जको प्रमुख आधारको रुपमा स्थापित गर्ने निति लिईनेछ ।
ड्ड माईपोखरी क्षेत्रको व्यवस्थापन योजना कार्यन्वयन गनै एकद्वार प्रणाली अपनाईने र संरक्षणको लागि विशेष कार्यक्रम संचालन गरिनेछ ।
ड्ड जिल्लाका खोला नदीहरु प्रयोग गरी जलविद्युत उत्पादन गर्न जलविद्युत आयोजनाहरुलाई उक्त नदि खोलाहरुको ऋबतअजmभलत बचभब उचयतभअतष्यल कार्य गर्न लगाउने र प्रारम्भिक वातावरणीय परीक्षण (क्ष्भ्भ्) वा वातावरणीय प्रभाव मूल्यांकन (भ्क्ष्ब्) मा प्रस्ताव गरिएका वातावरण व्यवस्थापन योजना भ्लखष्चयलmभलत ःबलबनझभलत एबिल कार्यान्वयनको अवस्थाको अनुगमन गरिनेछ ।
ड्ड सन २०१७ सम्ममा जिल्लाका सबै घरधुरीमा स्वच्छ उर्जाका प्रविधिहरु पुरयाई घरभित्रको वायु प्रदुषण धुँवा मुक्त जिल्ला घोषणा गर्ने नीति अनुरुप कार्यक्रमहरुको सचालन निरन्तरता दिइनेछ ।
ड्ड जिल्लाका दक्षिणी भेगमा विद्यमान नदीकटान एवम् बाढी पहिरो लगायतका प्रकोप न्यूनिकरणका लागि नदी नियन्त्रण एवम् तटबन्ध निर्माण कार्यलाई दष्य(भलनष्लभभचष्लन प्रविधिसँग एकिकृत गरी जनसहभागिता मार्फत कार्यक्रम कार्यन्वयन गरिने छ ।
ड्ड जिल्लाभित्र वातावरणमा नकारात्मक असर पार्ने प्लाष्टिक (पोलिथिन झोला सहित) को प्रगोगको सट्टा वातावरणमैत्री समाग्री प्रयोगलाई नीजि क्षेत्रसँगको सहकार्य गर्दै सफा क्षेत्र घोषणा कार्यक्रमलाई प्रोत्साहन गरिने छ ।
१६. सहकारी सम्बन्धी
ड्ड कृषि तथा पशुपालन, जडिबुटी खेती, उद्यम तथा वित्तीय पहुँचका क्षेत्रमा सहकारी मार्फत उत्पादनमूलक व्यवसाय, बजारीकरण, पूर्वाधार विकास तथा आय र रोजगारीको सिर्जनाको क्षेत्रलाई प्राथमिकता दिइने छ ।
ड्ड सहकारीहरुको संख्यात्मक वृद्धिको सट्टा पुँजीको आकार वृद्धि, व्यवस्थित लेखा व्यवस्थापन, संगठनात्मक तथा संस्थागत विकास, व्यवस्थित सञ्चालन, उत्पादनमुलक लगानी, सदस्यहरुको क्षमता विकास र दिगोपनाको लागि सहकारीहरु वीच एकिकरण (ःभचनष्लन) नीतिलाई प्रोत्साहन दिइने छ ।
ड्ड सहकारीको माध्यमबाट स्थानीय स्रोत, श्रम, शिप र पूँजीको अधिकतम परिचालन गरिनेछ ।
ड्ड विकासको एक प्रमुख साझेदारको रुपमा विकास भएको सहकारी क्षेत्रको लागि जिविसमा सहकारी समन्वय समिति गठन गरी डेक्स समेत स्थापना गरिनेछ र यसको निर्दे्शिका जिविसबाट स्वीकृत गरी लागू गरिनेछ ।
ड्ड अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी क्षेत्रको सुशासन कायम गरिनेछ ।
ड्ड अन्तर सहकारी व्यवसायिक क्रियाकलाप प्रवर्द्धन गर्न विशेष जोड दिईनेछ ।
१७. गैर सरकारी संस्था सम्बन्धी नीति
ड्ड गैर सरकारी संस्थाहरुले आफ्ना कार्यक्रम तर्जुमा गर्दा, कार्यन्वयन गर्दा आवधिक तथा वार्षिक जिल्ला विकास योजना, सहभागितामूलक योजना पद्धतिका आधारमा स्थानीयस्तरबाट माग भई आएका आयोजना र कार्यक्रमहरुको प्राथमिकताका आधारमा गरिनेछ ।
ड्ड गैससको पारदर्शिता, जवाफदेहिता सुनिश्चित गर्दै सहजीकरण, परिचालन, अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाईनेछ ।
ड्ड स्थानीय गैसस तथा सामुदायिक संस्थाहरुको स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यलाई फराकिलो र उन्नत बनाई सामाजिक र आर्थिक विकासमा योगदान पुर्याउने गरी कार्य गर्ने नीति लिइनेछ ।
१८. सूचना तथा अभिलेख व्यबस्थापन सम्बन्धी
ड्ड गाविसहरुको कार्यबोझ र जनशक्तिहरुको कमीहरुलाई न्यून गर्न, सेवा र सुविधालाई प्रभावकारी, विश्वासिलो एवम जनमैत्री वनाउन सुचना प्रविधिको उपयोग गरी क्रमश व्यक्तिगत घटनादर्ता सिफारिस, लेखा व्यवस्थापन, जिन्सी व्यवस्थापन, योजना व्यवस्थापन जस्ता कार्यहरुलाई विद्युतीय प्रविधि मार्फत गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड जिविसले आफनो सूचना, निर्णय तथा गतिविधिहरुलाई पारदर्शी रुपमा नियमित प्रकाशन तथा प्रसारण गरी धभदकष्तभ, एफ.एम. पत्रपत्रिका तथा बुलेटिन, होर्डिङ्ग बोर्ड, आदि मार्फत सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड जिविसलाई क्रमशः भ(ममअ (भ्भितचयलष्अ म्म्ऋ) मा रुपान्तरण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक कार्यक्रमहरुलाई प्याकेजको रुपमा तर्जुमा गरी अवलम्बन गरिनेछ ।
ड्ड इलाम जिल्लालाई ध्ष्ँष् श्यलभ बनाउन आवश्यक प्रकृया अगाडी बढेकोमा उक्त कार्यलाई निरन्तरता दिईनेछ ।
ड्ड न्क्ष्क् दबकभम दबकभम म्ष्कतचष्अत एचयाष्भि बनाउने प्रकृया अगाडी बढाइनेछ ।
१९. विपद व्यवस्थापन सम्बन्धी
ड्ड विकास कार्यक्रम र विपद व्यवस्थापनमा युवा शक्तिलाई परिचालन गरिनेछ ।
ड्ड जिल्ला, नगर तथा स्थानीय विपद् जोखिम व्यवस्थापन समितिहरुको सचेतना, क्षमता र कार्यकुशलतामा अभिवृद्धि गर्न विशेष जोड दिइने छ ।
ड्ड विपद पूर्व तयारी कार्य योजना पारित गरी प्रभावकारी कार्यान्वयन गरिनेछ ।
ड्ड प्राकृतिक प्रकोप व्यवस्थापनको सबै चरणमा महिलाको पहुँचः सहभागिता तथा अधिकारको सुनिश्चितता गर्ने नीति रहनेछ ।
ड्ड विकास निर्माण तथा पूर्वाधार आयोजनाहरु संचालन हुनु पूर्व तथा संचालन गर्दा विपद जोखिम न्यूनिकरणका उपायहरु अवलम्बन गरिनेछ ।
२०. समन्वय, सहकार्य र साझेदारी सम्बन्धी
ड्ड विकास प्रक्रियाका सबै चरणहरुमा सरोकारवालाहरुको समन्वय, सहकार्य र साझेदारीका क्षेत्र र ढाँचाहरु पहिचान गरी कार्यक्रम सञ्चालन गरिने छ ।
ड्ड झापा, पाँचथर, धनकुटा, मोरङ लगायत छिमेकी जिल्लाहरुका विकासका आधार, समन्वय, सहकार्य र साझेदारीको ढाँचा एवम् कार्यक्रम तय गरी तुलनात्मक लाभ र प्रतिस्पर्धी लाभका आधारमा आयोजनाहरु तर्जुमा गरि कार्यन्वयन गरिने छ ।
ड्ड जिल्लाका विकास सरोकारवालाहरुको समन्वय र सहकार्यमा विकास कार्यक्रम तथा आयोजनाहरुको दोहोरोपना हटाउन र नतिजामुखी उपलब्धी हासिल गर्न प्रभावकारी अनुगमनको व्यवस्था अपनाइने छ ।
ड्ड सरकारी, नीजि, सहकारी एवम् सामुदायिक क्षेत्रको साझेदारीमा निर्माण एवम् सञ्चालन हुने विकास कार्यक्रम एवम् आयोजनाहरुलाई प्राथमिकता दिइने छ ।
२१. संस्थागत सुदृढीकरण तथा सुशासन प्रवर्द्धन
ड्ड सार्वजनिक सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि, आधुनिक सुचना व्यवस्थापन र प्रवाह प्रविधिको प्रयोगमा जोड दिइने छ ।
ड्ड विकास र शान्ति सुरक्षा एक अर्काका परिपुरक भएको हुदाँ इलाम जिल्लाको मुख्य बजार क्षेत्रहरुमा सी.सी.क्यामेरा जडान गर्दै लैजाने नीति अंगीकार गरिनेछ ।
ड्ड जिल्ला विकास समितिबाट सम्पादन हुने सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी जनउत्तरदायी बनाउन जिल्ला विकास समिति तथा अन्तर्गतका कर्मचारीहरुलाई कार्य सम्पादन सम्झौता करार गरी मूल्याङ्कन गर्ने पद्धतीको विकास गरिनेछ ।
ड्ड राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रको छाता संगठन नेपाल पत्रकार महासंघको संस्थागत सुदृढीकरणको लागि आवश्यक सहयोगलाई निरन्तरता दिइनेछ । साथै मापदण्ड बनाई जिल्लामा कार्यरत पत्रकारसंचारकर्मी मध्ये वार्षिक रुपमा उत्कृष्ट पत्रकार छनौट गरी सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ड्ड सामुदायिक संचारमाध्यमको विकास एवं प्रवर्धनमा सहकार्य गर्ने नीति लिइनेछ ।
ड्ड नियमित पत्रकार भेटघाट गरिने र पत्रकारिता विकासका लागि विशेष ध्यान दिइनेछ ।
ड्ड जिल्ला विकास समितिको काम, कारवाही लगायत विविध विषयमा आधिकारीक सूचना प्रदान गर्न प्रवक्ताको व्यवस्था मिलाईनेछ ।
२२. बहुक्षेत्र लगानी सम्बन्धी
ड्ड ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्ने वातावरण सृजना गरी स्थानीयम समन्वयको भूमिकालाई सशक्त पारिनेछ ।
ड्ड कञ्चनजंघा कोरिडोर क्षेत्रमा भएका लोपोन्मुख जैविक विविधता संरक्षणको लागि साझेदारीका गतिविधि सञ्चालन गरिनेछ ।
ड्ड रेमिट्यान्सबाट प्राप्त रकमलाई उद्यम र व्यवसाय स्थापना गर्न पूँजीको रुपमा परिचालन गर्न पहल गरिनेछ ।
ड्ड जडिबुटी पकेट क्षेत्रको रुपमा इलामका उत्तरी गाविसहरुमा सघन कार्यक्रम सञ्चालन गरिनेछ ।
ड्ड पश्चिमी इलामको समग्र यातायात पहुँचमा सुधार ल्याउन फाल्गुनन्द मार्ग स्तरउन्नतीमा अधिकतम लगानी तथा साझेदारी बृद्धिको लागि पहल गरिनेछ ।
आदरणीय महानुभावहरु
अब म चालु आ.व.०७२र०७३ को जिल्ला विकास समितिबाट संचालित कार्यक्रमहरुको संक्षिप्त पुनरावलोकन गर्ने अनुमति चाहान्छु ।
चालु आर्थिक वर्ष २०७२र७३ को लागि २१ औं जिल्ला परिषदको बैठकबाट जिल्ला विकास समिति तर्फ कूल रु. ५९ करोड, ३६ लाख ६२ हजारको बजेट स्वीकृत भएकोमा चालु आर्थिक वर्षको ७ महिना सम्मको अवधिमा प्राप्त आन्तरिक आय, नेपाल सरकार तथा अन्य दातृ निकायबाट प्राप्त बजेट तथा हाल सम्मको खर्चको अवस्थाको आधारमा रु. ७१ करोड, ४५ लाख ९९ हजार २ सय ९७ खर्च हुने गरी संसोधन गरिएको छ । आर्थिक बर्ष २०७२र०७३ मा यस जिल्लामा मुख्यतया पूर्वाधार विकास, सामाजिक सुरक्षा, कृषि तथा पशु विकास, स्वास्थ्य, शिक्षा, लक्षित वर्गको सशक्तिकरण, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन तथा बिस्तार, ग्रामिण पुर्न्निर्माण तथा पुनर्स्थापना र उन्नती समावेशी वृद्धि कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिएका छन् । यसका अतिरिक्त निर्वाचन क्षेत्र विकास कार्यक्रम, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम, झोलुङ्गे पुल लगायतका कार्यक्रम संचालनमा रहेका छन् । संचालित कार्यक्रमहरु मध्ये केही कार्यक्रम सम्पन्न भैसकेका छन्, केही कार्यक्रम संचालनमा रहेका र केही संचालन हुने क्रममा रहेका छन् । प्राविधिक जनशक्तिको कमी तथा इन्धन अभावका कारण लक्ष्य अनुरुप प्रगती हासिल गर्न नसकिएको भए तापनि समयमा नै बाँकी कार्य सम्पन्न गरिने निवेदन गर्न चाहान्छु । साथै सम्बद्ध सबैको सहकार्य र सहयोगको अपेक्षा गर्दछु ।
उपस्थित आदरणीय मान्यजनहरु,
म अब आगामी आ.व.०७३र०७४ को विषयगत समिति अनुसार बजेट तथा कार्यक्रमको संक्षिप्त झलक प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
कार्यक्रमको विस्तृत विवरण बजेट तथा कार्यक्रमको पुस्तिकामा समावेश गरिएको छ ।
अब म आगामी आर्थिक वर्षको लागि २२ औं जिल्ला परिषदको बैठकबाट पारित बजेटको सारांश प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
जि.वि.स. तर्फ आन्तरिक र वाह्य श्रोत गरी कूल रु. ७२ करोड ०८ लाख ७३ हजार बजेट अनुमान गरिएको छ । सो मध्ये आन्तरिक श्रोत तर्फ रु. १ करोड ९० लाख ५० हजार र राजश्व वाँडफाँड तर्फ रु. ९० लाख प्राप्त हुने अनुमान गरिएको छ भने वाह्य श्रोत तर्फ नेपाल सरकार तथा दातृ निकायबाट प्राप्त हुने कार्यक्रमहरुको रु. ६९ करोड २८ लाख २३ हजार प्राप्त हुने अनुमान गरिएको छ । प्रतिशतका आधारमा हेर्दा उक्त रकम मध्ये चालु खर्च तर्फ ४०.४२ प्रतिशत र पुंजिगत खर्च तर्फ ५९.५८ प्रतिशत व्यय हुने बजेट स्वीकृत गरिएको छ ।
विषयगत कार्यालय तर्फ चालु खर्च तर्फ १ अर्व २१ करोड २६ लाख ७७ हजार ६ सय ३९ र पुंजिगत खर्च तर्फ ७४ करोड ७२ लाख ३९ हजार समेत जम्मा रु. १ अर्व ९५ करोड ९९ लाख १६ हजार ६ सय ४९ विनियोजन गरिएको छ । प्रतिशतका आधारमा हेर्दा चालु खर्च तर्फ ६१.८७ प्रतिशत र पुंजिगत खर्च तर्फ ३८.१३ प्रतिशत व्यय हुने अनुमान गरिएको छ ।
त्यसै गरि जिल्लामा कार्यरत गैर सरकारी संस्थाहरु मार्फत संचालन हुने योजना तथा कार्यक्रम तर्फ चालु खर्च तर्फ रु. १२ करोड १५ लाख ३८ हजार ९ सय ६८ र पुंजिगत खर्च तर्फ रु. १ करोड, २४ लाख ४६ हजार ७ सय ४३ समेत कूल रु. १३ करोड ३९ लाख ८५ हजार ७ सय ११ खर्च हुने गरी प्राप्त बजेट तथा कार्यक्रमलाई समेत जिल्ला विकास योजनामा समावेश गरिएको छ ।
आदरणीय महानुभावहरु,
आगामी आर्थिक वर्ष २०७३र०७४ मा जिविस अन्तरगत विभिन्न कार्यक्रमहरु, नेपाल सरकारका सबै विषयगत कार्यालयहरु, गैर सरकारी संघ संस्थाहरु र निजी क्षेत्रका कार्यक्रमहरु समेत गरी इलाम जिल्लाको कूल बजेट २ अर्व ८१ करोड ४७ लाख ७५ हजार ३ सय ६० प्रस्ताव गरिएको छ । उक्त रकम मध्ये चालु खर्च तर्फ रु. १ अर्व ६२ करोड ५५ लाख ८५ हजार २ सय ५७ र पुंजिगत खर्च तर्फ १ अर्व १८ करोड ९१ लाख ९० हजार १ सय ३ प्रस्ताव गरी जिल्ला विकास योजना पारित गरिएको छ । प्रतिशतका आधारमा हेर्दा प्रस्तावित कूल बजेटको तुलनामा चालु खर्चको अनुपात ५७. ७५ प्रतिशत र पुंजिगत खर्चको अनुपात ४२.२५ प्रतिशत रहेको छ ।
सामाजिक समावेशीकरणलाई ध्यान दिई जिल्ला विकास समितिको कूल आन्तरिक तथा केन्द्रीय अनुदानबाट १० प्रतिशत महिला विकासको क्षेत्रमा, १० प्रतिशत वालवालिकाको क्षेत्रमा र १५ प्रतिशत आदीवासी रजनजाति, दलित र अपांगता, जेष्ठ नागरिक तथा पिछडिएको वर्गको लागि विनियोजन गरिएको छ ।
जिल्ला स्तरबाट संचालन हुन नसक्ने ठूला आयोजनाहरु संचालनका लागि केन्द्रीय निकायसँग अनुरोध गरी विशेष प्रस्ताव पारित गरी बजेट पुस्तिकाका साथ संलग्न राखिएको छ । जिल्लाको श्रोतबाट सम्बोधन गर्न नसकिएका योजना श्रोत उपलब्धताका आधारमा क्रमशः संचालन गर्दै जाने गरी योजना बैंकको रुपमा रहने गरी राखिएको छ । साथै यस सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण विशिष्ट व्यक्तित्वहरुबाट प्राप्त हुने सल्लाह, सुझावहरुलाई पनि विकास कार्यक्रम कार्यान्वयनमा मार्गदर्शनको रुपमा लिइने प्रतिबद्धता समेत व्यक्त गर्न चाहान्छु ।
अन्त्यमा, सहभागितात्मक योजना तर्जुमा प्रक्रियामा सहयोग पुर्याउनु हुने जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, गैर सरकारी संस्थाहरु, पत्रकार, नागरिक समाज, निजीक्षेत्र, गाविसहरु, जिविसको कर्मचारी साथीहरु एवं सम्पूर्ण आदरणीय जिल्लाबासी महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । आगामी आ.व.०७३र०७४ को बार्षिक कार्यक्रम प्रभावकारी रुपमा संलग्न गरी नतिजामुखी परिणाम हासिल गर्ने कार्यमा सबैको महत्वपूर्ण सहयोग रहने अपेक्षा र विश्वास लिएको छु । आफ्नो कार्यव्यस्तताको बावजुद पनि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी उपस्थितहुनु भएका प्रमुख अतिथी श्रद्धेय माननीय राज्यमन्त्री कुन्ती कुमारी शाहीज्यू, विशेष अतिथिज्यूहरु, अतिथिज्यूहरु एवं सम्पूर्ण महानुभावहरुलाई हृदय देखि नै आभार व्यक्त गर्दछु । साथै जिल्ला विकास योजना ०७३र०७४ को सफल कार्यान्वयनको लागि आशा एवं विश्वास लिदै मेरो भनाई अन्त गर्दछु ।
धन्यवाद ।।

0 comments:
Post a Comment