बिचार गोष्ठी सम्पन्न

इलाम १३ चैत्रः प्रेश युनियन इलामको आयोजनामा आज इलाम सदरमुकाममा समाचारको भाषा विषयक बिचार गोष्ठी सम्पन्न भएको छ । जिल्लाका सञ्चारकर्मीको सहभागितामा सम्पन्न कार्यक्रममा पत्रकार केदार शर्माले सहजीकरण गरेका थिए । पत्रकार शर्माले समाचारको भाषा र किचनमा पाक्ने परिकार उस्तै रहेको धारणा राखे । उनले पत्रकारहरुले कस्का लागि समाचार लेख्ने भन्ने स्पस्ट भएर समाचार लेख्न सके मात्र पत्रकार सफल हुने धारणा राखेका थिए । कार्यक्रममा इलामका अग्रज पत्रकार तथा पत्रकार महासंघ इलाम शाखाका संस्थाप अध्यक्ष धर्म गौतम, युनियन इलामका संस्थापक अध्यक्ष कुबेर निरौला, युनियन इलामका अध्यक्ष तोयानाथ भट्टराई, प्रेश चौतारी इलामकी अध्यक्ष कोकिला ढकाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष सुजन तिम्सीना, सञ्चारकर्मी राजेश पराजुली, विनय तिम्सीना लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment