तेह्र वर्षीय छात्र परीक्षामा सहभागी

महोत्तरी, २१ । तेह्र वर्षीय छात्र प्रवेशिका परीक्षामा सहभागी भएका छन् ।
सिंहासनी मावि विद्यालयका विजय यादव यस वर्षको परीक्षामा नियमिततर्फबाट सहभागी भएका छन् ।   मनरा उमावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका यादव जिल्लाभरिमा नै सबैभन्दा कान्छा परीक्षार्थी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उनको जन्ममिति २०५८ साल जेठ १० गते रहेको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिनुभयो । यस वर्ष महोत्तरीबाट एक सय चार विद्यालयका गरी नियमित तर्फबाट सात हजार ५७५ तथा पुनःपरीक्षातर्फबाट चार हजार ७४२ ले परीक्षा दिइरहेका छन् ।  जिल्लाभरि २८  परीक्षा केन्द्र छन्  । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment